राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन अन्त्य गरेकी हुन्।
राष्ट्रपति भण्डारीले चैत १ गते (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी संसदका दुवै अधिवेशन अन्त्य गरेकी हुन्।
६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदन अवरोध गरिरहेको थियो। भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसिसी पास भएको छ। रासस