बसन्त कुमार विक
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीकाे जिल्ला संयाेजक राजेन्द्र भुसाल चयन भएका छन ।
चैत्र २ गते कपिलवस्तुमा सम्पन्न प्रदेश कमिटि बैठकले उनलाई अर्घाखाँची जिल्ला संयाेजककाे जिम्मेवारी दिएकाे हाे । राजनिती रुपमा आफ्नाे छवि निकै राम्राे बनाएका भुसाल पार्टी जिल्ला कार्यालय सदस्य रहनुका साथै गत मंसिर १२ गते सम्पन्न सन्धिखर्क नगरपालिकाकाे दाेस्राे नगर सम्मेलनवाट सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित भएका थिए ।
पछिल्लो समय राजनिती गर्ने शिलसिलामा दिनरात जनताकाे सेवामा निरन्तर लागिरहदा केही गिराेहले उनी एमालेमा प्रवेश गर्नकाे लागि बार्गेनिङ गरिरहेकाे भ्रम समेत जनतामा फिजाईएकाे उनले बताएका थिय । याे भन्दा पहिले अर्घाखाँची जिल्लामा लामाे समय सम्म संयाेजक रहि काम गरिरहेका ठाकुर कुमार वि.क केही दिन पहिले केन्द्रीय समितिकाे बैठक बाट केन्द्रीय सदस्यमा मनाेनित भएका थिए ।