अर्घाखाँचीमा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघको ५ औ अधिवेशन शनिवार हुँदै

हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची । नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीले पाचौं अधिवेशन आउदो सनिवार सन्धिखर्कको साथी होटलमा गर्ने भएको छ । महासंघ अर्घाखाँचीले स्रष्टा–सर्जक एकजुट हुन आग्रह गर्दै तयारी पूरा गरेको बताएको छ । 
जिल्लाभरका स्रष्टा–सर्जकहरू एकजुट गराउदै पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना शुभेच्छुक संस्कृतिकर्मीका लागि  नेकपा एमाले अर्घाखाँचीले चासो देखाउदै आएको हो ।
कला क्षेत्रमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा एमालेले जोड दिदै आएको छ ।
कार्यक्रममा दर्जनौँ स्थानीय बासिन्दा कलाकार को उपस्थिति सहित तयारी पूरा भएको कार्यक्रम संयोजक बलाराम रायमाझीले जानकारी दिएका हुन ।

अन्य समाचारहरु