अर्घाखाँचीबासीले दुई वर्षपछि उत्साहपूर्वक होली मनाए (भिडिओ, फोटो फिचर)

अनिल नेपाली  | बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची ३ फागुन (अर्घाखाँचीडट्कम) । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने अर्घाखाँचीमा उत्साहपूर्वक रुपमा  होली मनाएका छन् ।
अर्घाखाँचीको शान्तिबगैचामा युवायुवती खचाखच भरिएका उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मियता साटासाट गरी विभिन्न सागितिक गित नाचगान गरी पर्व मनाएका छन्  ।
अर्घाखाँचीबासीले दुई वर्षपछि उत्साहपूर्वक होली मनाएका छन् । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने अर्घाखाँचीमा उत्साहपूर्वक रुपमा  होली मनाएका हुन् ।
सन्धिखर्कको शान्तिबगैचादेखि पाणिनीको पाली, मैदान, शितगंगाको सिद्दारा, जुकेना, सिमलपानी, भूमिकास्थानको धन्चौर, ढिकुरा, ढाकावाङ, खिल्जी, मलारानीको खन, गोखुङा, छत्रदेवको बल्कोट, खिदिम लगायत जिल्लाभर  युवायुवती खचाखच भरिएका उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मियता साटासाट गरी विभिन्न सागितिक गित नाचगान गरी पर्व मनाएका छन्  ।
गएको दुई वर्षदेखि जिल्लामा कोरोना संक्रमणका कारण होली खेल्न रोक लगाइएको थियो । अहिले जिल्ला कोरोना मुक्त भएको छ । भने पुरा जिल्ला पुरानै लयमा फर्कनुका साथै जताततै चहपहल बढेको छ ।  

अन्य समाचारहरु