सुरुङ खन्ने मुसा (कविता)

 
 रबि पाैडेल ,पाण्डेचरि ।
————————————
 उ त्यो पारि जंगलमा 
एउटा मुसा छ
सेताे खैरे लामा जुँगा भएको 
तिखा नङग्रा,
केही समय भयो म लगातार देखिरहेको छु
निकै उद्डण्ड मच्चाईरहेकाे छ
लुकि लुकि रुखकाे फेदि भित्र !
 शुरुङ खनिरहेकाे छ
जब म त्यहाँ पुग्छु
उ फुत्त भित्र पस्छ
जब म हिड्छु अनि 
फेरि माटो खन्न शुरु गर्छ 
एउटा मुसा ! 
तिखा नङग्रा!
 लुकेर !
 उसको नियत घर बनाउने हाेला 
गुड बनाई बच्चा बच्चि राख्न
उसले शुरुङ खनेको छ हाेला ?
 तर,
म देखि रहेको छु 
अझै उसले उद्डण्ड मच्चाउने हाे भने 
त्यो रुख ढल्ने छ
रुख ढल्नु मा मलाई पछुतो थिएन
रुख का दाउरा हुन्थे ,घाँस हुन्थ्यो !
 मलाई चिन्ता याे छ कि 
जब रुख ढल्ने छ
त्यतिखेर
त्यो मुसा 
उसको घर 
उसका बालबच्चा हरु 
चेपिने छन 
र ,सबै काे अन्त्य हुने छ 
उदेश्य राम्रो भए पनि 
परिणाम ,दुरगामि र क्षतिग्रस्त हुने छ ।
त्यसकारण ,
यस्तो परिस्थिति अाउन नदिन 
त्यो डाडामा ,त्यो जंगल काे मुसा भगाउनु पर्छ
दारा ,नङग्राहरु भाँचिदिनु पर्छ 
त्यहाँ बाट भगाउनु पर्छ
धेरै टाडा बस्ति नभएको 
मरुभूमि मा पुर्याउनु पर्छ 
त्यसपछि ,
रुख ढल्न बाट
पहिरो जान बाट 
बालबच्चा हरुकाे मृत्यु बाट 
बालिनालि घाँस पुरिनु बाट 
बिनास हुनु बाट जाेगाउन सकिन्छ ।
एउटा मुसा  !
 तिखा नङग्रा  !
 लुकेर  !
मिति १८-०३-२०२२