अर्घाखाँची राष्ट्रसेवक समाजको कार्यसमितिको नियमित बैठक काठमाडौंमा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्रसेवक समाजको कार्यसमितिको नियमित वैठक सम्पन्न भएको छ । 
अर्घाखाँची राष्ट्रसेवक समाजको कार्यसमितिको नियमित वैठक आज शुक्रवार समाजका अध्यक्ष गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको हो ।
अर्घाखाँची राष्ट्रसेवक समाजका सचिव विष्णुराज बेल्बासेले दिएको जानकारी अनुसार बैठकले साधारण सभा तथा अधिवेशन गर्ने, समाजको सदस्य भै नेपाल सरकारको स्थायी पदमा नयाँ नियुक्ति हुने र पदोन्नति हुने राष्ट्रसेवकलाई वधाई तथा सम्मान कार्यक्रम गर्ने, पालिकाको विवरण अद्यावधिक गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।  
समाजका निर्णयहरु यस प्रकार छन्: 
१. क्यालेण्डर प्रकाशन गर्ने ।
क्यालेण्डर प्रकाशन समितिमा किशोर पन्थी, काशिनाथ पौडेल, डा. सुरोज टण्डन, यादवप्रसाद आचार्य र शुशिल खनाल
TOR: क) अर्घाखाँचीलाई चिनाउने फोटोहरु संकलन गर्ने
         ख) कार्यसमितिको फोटो संकलन गर्ने
          ग) एक हप्ता भित्र सम्पूर्ण प्रकाशनको काम सम्पन्न गरी चैत्र २० गते सम्म 
                १००० प्रति क्यालेण्डर छाप्ने ।
२. समाजको साधारण सभा / अधिवेशन र वनभोज कार्यक्रम सम्पन्न गर्ने ।
साधारण सभा तथा अधिवेशन ब्यवस्थापन समिति स्थानीय तह अनुसार गठन गरिएको छ। जसमा देहायका ब्यक्तिहरुले सहजिकरण गर्नु हुनेछ ।
सन्धिखर्क नगरपालिका – अशोक क्षेत्री ९८४१३५७७१४ र नारायण खत्री ९८५७०६६९७७
शितगंगा नगरपालिका- विष्णुराज वेल्वासे ९८५१०७९३७९ र सरोज कुमार पोख्रेल ९८४१४३७२२१
भूमिकास्थान नगरपालिका- हरि पौडेल ९८५११११५७५ र कमल बेल्वासे ९८५१२८१९२२
छत्रदेव गाउँपालिका- दुर्गा बञ्जाडे ९८५१२४३००० र डा. सुरोज टण्डन ९८४१२९७७९४
पाणिनि गाउँपालिका- छविन्द्र वेल्वासे ९८५१२११२६८ र सागर के.सी. ९८४१०७८६२६
मालारानी गाउँपालिका -यादव प्रसाद(वाइ पि )आचार्य ९८५१०१७०४० र तेज सुनार ९८५१०६७५३९
TOR:
क) आ-आफ्नो पालिकाका राष्ट्रसेवकलाई खवर गर्ने ।
ख) आर्थिक सहयोग संकलन गर्ने -प्रतिव्यक्ति रु १५००/- र कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि रु ८००/- प्रतिव्यक्ति । सपरिवार सहभागि हुन पाउने व्यवस्था भएको।
ग)  उक्त कार्यक्रममा सहभागी हुने राष्ट्रसेवक र परिवारले आ-आफ्नो पालिकाका  संयोजकहरुसँग चैत्रको २५ गते सम्म नाम टिपाई माथि उल्लेख गरे अनुसार आर्थिक सहयोग उपलव्ध गराइ सक्नु पर्ने ।
३. स्थान, मिति, यातायात र क्याटरिङ्गको व्यवस्थापन सम्वन्धमा:
कार्यसमितिको चैत्र २० गते पहिला बस्ने वैठकवाट यकिन गरिने ।
४. सम्मान तथा वधाई । 

अन्य समाचारहरु