पणेनामा पर्यटन समाजद्वारा पर्यटकीय स्थलको प्रचार प्रसार सम्बन्ध एकदिने अन्तरक्रिया सम्पन्न (तस्बिरहरु)

डिआरजी सुमन 
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी पर्यटन समाजले पाणिनी गाँउपालिका वडा नं ०१ पणेना स्थिति ऐतिहासिक तथा सांस्कृतिक रुपमामहत्वपूर्ण रहेका पर्यटकीय क्षेत्रको प्रचार को कार्यलाई तीव्रता दिएको छ । ऐतिहासिक पाणिनि तपोभूमि सहित झण्डै दुईदर्जनपर्यटकीय क्षेत्रको प्रचार प्रसार मा जोड्दिन स्थानीय सरोकारवालाले पाणिनि पर्यटन समाज लाई आग्रह गर्दै आफुहरु सहयोगी भूमिकानिभाउन तयार रहेको वताएका छन । 
पाणिनि गाँउ पालिका वडा नं १ स्थित सामूदायिक भवनमा शुक्रवार आयोजित एकदिने अन्तरक्रिया कार्यक्रमको अध्यक्षता पाणिनि गाँउपालिका वडा नं १ का अध्यक्ष शालिकराम भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको संचालनमा पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनामले गर्नु भएको थियो । 
पाणिनि गाँउ पालिका को शिर पाणिनि तपोभूमिको काखमा रहेको पणेनाको पर्यटन प्रवर्द्धनका कार्यमा स्थानीय जनप्रतिनिधी तथासरोकार वालाले जोड़ दिने प्रतिबद्धता जनाएका छ । पाणिनि पर्यटन समाज का उपाध्यक्ष धुर्व घिमिरेको स्वागत रहेको कार्यक्रममास्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि तपोभूमि संरक्षण समिति अध्यक्ष रुद्ध पोखरेल लगायतको मन्तव्य रहेको थियो । 
पणेनामाआयोजित कार्यक्रममा मन्तव्य राख्दै पाणिनि गाँउ पालिका वडा नं १ वडा अध्यक्ष शालिकराम भट्टराई ले पाणिनि पर्यटन समाज लाईधन्यवाद व्याक्त गर्दै आगामी दिनमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाउनु भएको छ ।- तस्वीर डिआरजी सुमन/पणेनाअर्घाखाँची ।

अन्य समाचारहरु