२०७८ चैत्र ४, शुक्रवारमा प्रकासित
अर्घाखाँची डटकम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका वडा नं. २ चुत्राबेसीद्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय हेमानाथ भुसाल स्मृति हाजिरीजवाफ प्रतियोगितामा श्री जनज्योति मा.वि.ले प्रथम स्थान हासिल गरेको छ।
सन्धिखर्क नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा आयोजित सन्धिखर्क नगरपालिका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय चुत्रावेसी प्रथम, भगवती माध्यमिक विद्यालय कुर,शंखेटारी द्वितीय ,युवाबर्ष जनता रविचित्र माध्यमिक विद्यालय हटारी नेता तृतीय र ज्ञानप्रकाश मा.बि.सल्लिकोट सान्त्वना भएका छन् ।
उक्त प्रतियोगितामा जनज्योति माविमा विज्ञान विषयमा अध्ययनरत विधार्थी दिवस टण्डन, अनिता बन्जाडे र वर्षा मरासिनीको समुहले सफलता प्राप्त गरेका थिए।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वडा नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले शिक्षाक्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनुभयो । उहाँले अहिलेको आबस्यकता बैज्ञानिक र जनवादी शिक्षा भएको भन्दै पुरानो शिक्षा प्रणाली मुलुकको निम्ति बाधक रहेको बताउनुभयो ।
नगर शिक्षा अधिकारी मञ्जु आचार्यले शैक्षिक गुणस्तर बृद्धिको निम्ति सबैपक्ष चनाखो हुनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा लगानी भएअनुसार प्रगति हासिल हुन नसकेको उहाँको भनाइ थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु शुष्मा श्रेष्ठ ,यमलाल पौडेल ,हिमबहादुर कुमाल,वडा नं. २ का सचिव पुष्पा भुसाल ,स्वर्गीय हेमनाथ भुसालकि श्रीमती ईन्द्रकला भुसाल ,छोरा लेखनाथ भुसाल ,विद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसाल ,समाजसेवी गोविन्द भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियोे ।
६ वटा विधालय सहभागी भएको उक्त प्रतियोगिता हरेक वर्ष हेमानाथ भुसालको स्मृतिमा सन्धिखर्क नगरपालिका वार्ड न.२ ले आयोजना गर्दै आएको छ। श्री भगवती मावि,शंखेटारीमा भएको उक्त प्रतियोगितामा सन्धिखर्क नगरपालिका को शिक्षा अधिकृत मञ्जु आचार्य र सोही विधालयका व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व प्रधानध्यापक मुकुन्दराज आचार्यले नगद र प्रमाणपत्र सहित पुरस्कार वितरण गर्नुभएको थियो ।
वामपन्थी आन्दोनका अथक योद्धा स्वर्गीय हेमनाथ भुसाल जिल्लाको अग्रज समाजसेवी र प्रभावसाली नेता हुनुहुन्थ्यो ।