अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी र ७ खाँचीकोटमा जारी चुनढुङ्गा उत्खनन् कार्यमा सघाउदै आएको नेकपा (एमाले) लाई चुनाव भोट् माग्न आए चुनढुङ्गा पीडितहरुले लखट्ने भएका छन् ।
नरपानी, खाँचीकोटमा जारी चुनढुङ्गा उत्खनन् कार्यमा सघाउदै आएको एमालेका नेताहरुलाई स्थानिय चुनाव भोट् माग्न आए स्थानियबासी तथा चुनढुङ्गा पीडितहरुले लखट्ने बताएका हुन् ।
नरपानी, खाँचीकोटमा जारी चुनढुङ्गा उत्खनन् कार्यमा सघाउदै आएको एमालेले स्थानिय चुनाव नजिकिदै गर्दा बोली फेरेको चुनढुङ्गा पीडितहरुको आरोप छ । चुनढुङ्गा उत्खननलाई नेकपा (मसाल) बाहेकका अन्य राजनीतिक दलहरुले आर्थिक लाभमा सघाउदै आएका छन् । एमाले लगायतका राजनीतिक दल, ठेक्दारहरुको मिलमतोमा वर्षौदेखि प्रकृति दोहन हुँदै आएको छ ।
पछिल्लो समय प्रकृति दोहनबाट प्राप्त भएको धनको घमन्डले एमाले नेताहरुले चुनाव जित्न घमण्ड गरेको नरपानी, खाँचीकोटबासीले आरोप लगाएका छन् । जो सुकै हो, जसले अहिले नै चुनढुङ्गा उत्खनन् कार्य बन्द गराउन्छ त्यो पार्टीलाई भोट् दिईन्छ, चाहे त्यो एमाले होस्, उनिहरुको भनाई छ।
यस्तै नरपानी, खाँचीकोटमा चुनढुङ्गा उत्खनन् कार्य एमालेको नेतृत्वमा भएको स्थानिय गोविन्द के.सीले बताए । एमालेका नेता भन्नेहरु वर्षौसम्म चुप बसे अहिले भोट् माग्ने बहना चुनढुङ्गा उत्खनन् कार्य बन्द गर्छौ भन्न थाले ।
खाँचीकोटका स्थानिय बिष्णु थापाले भने; चुनावको बेलामा जनताले सजाय दिनुपर्छ । अब यहाँका जनताले भोट् माग्न आउनेलाई लखट्ने छन् । जुन पार्टीका कार्यकर्ताले तिनपाने लेकमा भएको उत्खनन सुन्दर हरियाली पर्यटकीय स्थललाई मरभुमिमा परिणत गरेर अहिले त्यहि चुन खानीबाट मनग्य आम्दानी गरेर त्यहि पैसाको दम्भ देखाएर जनतालाई बाटो खने झै गर्ने अनि पाईप बाड्ने ठुला ठुला सपना देखाउदै हिडेका पार्टीका कार्यकर्ता अहिले चुन ढुंगा खानी बन्द गर्नुपर्छ भन्ने नाटक गरिरहेका छन् । किन भने नेपालमा मसाल बाहेक कुनै दल यस्तो छैन,जसले जथाभावी खानी संचालन गर्नु हुदैन,यसले पर्यावरण लाई असर गर्छ है भन्दै आएको छ र कतिपय ठाउँमा बन्द पनि गरेको ज्वलन्त ईतिहास छ जस्तै अर्घाखाँचीको सन्दर्भमा नरपानीमा पनि लामो समयसँग संघर्ष गर्दै अन्तत त्यहाँको खानी सदाको लागि बन्द भएको छ। अहिले पर्यटकीय स्थलको रुपमा परिचित छ, त्यस्तै खाँचीकोटको सन्दर्भमा पनि राजमोले सुरु देखिनै बन्द गर्नुपर्छ। सुपा देउराली नजिकै रहेको धार्मिक क्षेत्रको नजिकै रहेको खाँची दरबार राजाले नुहाने पोखरी सिद्द बाबाको मन्दिरलाई संरक्षण गर्नुपर्छ। यस क्षेत्रलाई पर्तटकिय धार्मिक क्षेत्र बनाउन सकियो भने वर्षौसम्म यहाँका जनताले लाभ लिन सक्छन्, उनको भनाई छ ।
चुनढुङ्गा उत्खनन् कार्यलाई बन्द गर्नपर्छ भन्दै आन्दोलन गर्दै आएका राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन केसी राजमो जिल्ला सचिबालय सदस्य गोबिन्द बिसी युबक संघका जिल्ला कोषाध्यक्ष बसन्त खड्का दिलादार हुसेन बामपंथी नेता देबी पौडेलले उत्खनन भैइरहेको क्षेत्रमा गएर यसबाट यो जिल्लालाई यस वार्डलाई कुनै फाईदा छैन यसलाई बन्द गरिनु पर्छ भनी बताए ।
उता खाँचीकोटमा जारी चुनढुङ्गा उत्खनन् कार्यले प्राकृतिक विनाश निम्त्याएको निम्ताई छ तर जिल्ला स्थित प्राय सबै निकाय मौन बसेका छन् ।
खानी क्षेत्रबाट ओसारिने चुनढुङ्गा बोकेका बढी भार क्षमताका ट्रकका कारण सडकको अवस्था सर्वत्र खस्किएको छ। धूलोको मुस्लो उडाउँदै गुड्ने यस्ता ट्रकका कारण स्थानीयको जीवनयापन नराम्ररी खलबलिएको छ। चुनढुङ्गा उत्खनन गरिए पश्चात् काम नलाग्ने ढुङ्गा र माटोलाई उचित तरीकाले व्यवस्थापन नगरिने गर्दा माटो बगिरहेको मात्र छैन, भूक्षयको जोखिम पनि निम्त्याएको छ।
अर्कातिर, उत्खनन क्षेत्रको पर्याप्त अनुगमन पनि भइरहेको छैन, जसले गर्दा उत्खनन गर्ने कम्पनीले उचित मात्रामा उत्खनन गरिरहेका छन् कि छैनन् भन्ने प्रस्ट आँकडा छैन्। जसरी डोजरले जथाभावी खोस्रिएर बाटो बनाइरहेका छन्, त्यसै गरी सिमेन्ट उत्खननमा पनि वातावरणीय पक्षलाई आँखा चिम्लिइएको छ। चुनढुङ्गा उत्खनन् लाभको ठूलो हिस्सा ठेकेदार र राजनीतिक नेतृत्वले लिंदै आएको छ।
यसै बिच केही सरोकारवालाहरुले यो उत्खनले प्राकृतिक बिनाश निम्ताएको , स्थानियको उठिवास लगाएको र यो कार्य अबैध समेत भएको आरोप लगाएका छन् ।
यो उत्खनन् कार्य तत्काल रोकी प्रसिद्ध सुपादेउराली मन्दिर , एतिहासिक खाँचीकोट दरवारको आसपासको प्राकृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुपर्ने जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले बताए ।
बस्ती नजिकै संचालित खानिले वातावरण संरक्षण सम्बन्धी नितिनियम पालना नगरेको आरोप पनि स्थानियहरुले लगाएका छन । स्थानियका अनुसार चुनढुङ्गा उतखननको प्रभावले खेतिबाली उत्पादनमा समेत समस्या आएको छ । उतखनको कारण निस्कने धुलोले सबै खेती नस्ट भै आफुहरुको उठिवास लाग्ने अवस्था निम्तिएको स्थानियले बताए ।खानी संचालकले फिने भनेको राहत पनि प्रयाप्त नभएको उनको भनाई छ ।
साविकको नरपानी गाविस र खांचिकोटको तिनपाने लेकमा उत्खनन् गर्ने भनेर डाइनेस्टी इन्ड्रस्टृज प्रा .लि . र तत्कालिन श्री ५ सरकार बन तथा भु संरक्षण मन्त्रालय बिच २०६२ असार ७ गते सम्झौता भएको देखिन्छ । तर नरपानीक्षेत्रमा व्यापक जनबिरोध पछी उत्खनन्कार्य बन्द भएको थियो ।
पछि अर्घाखाँची सिमेन्टका नाममा भुगर्भ सिमेन्ट प्रालिलाइ नामसारी गरि २०७४ /४/२२ मा पुन अनुमती पत्र दिएको देखिन्छ । तर सम्झौताको बुदा न ९ मा हक हस्तान्तरण गर्न पाइने छैन भनिएको छ ।
यस बिषयमा जिल्लाका जनप्रतिनिधि हरु मौन रहदै आएका छन भने उतखनले बिनाश निम्त्याएको , खानेपानीका मुहान सुकाएको , आसपासका गाउमा खेतिबाली नस्ट भएको गुनासो स्थानियहरुले गरे पनि खुलेर बोल्न डराउछन् ।
यस्तै वन विभागको सम्झौता पत्रमा अनुसार सम्झौताको बुदा नं ९ मा अनुमति पत्र दिएको तर हक हस्तान्तरण गर्न पाईने छैन भनेको छ। तर यहाँ जबर्जस्ती चलाएका छन् ।