माधव खनाल
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा पिपलनेटा बजार बिकास सस्था द्वारा आयोजित दोस्रो पिपलनेटा खुल्ला भलिबलको तेस्रो तथा अन्तिम दिनको फाइनल खेल आज सम्पन्न भएको छ ।
आज सम्पन्न फाइनल खेलमा आयोजक टिम पिपलनेटा बजार बिकास सस्था प्रथम भएको छ भने द्वितीय अर्घाखाँची बुलेटिन र तृतीय सन्धिखर्क नगरपालिका वार्ड न ११ भएको छ ।
भलिबल प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः एकाउन्न हजार पाचसय ,एकत्तिस हजार तिनसय र एक्काईस हजार एकसय ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
भलिबल खेलको उत्कृष्ट खेलाडी अर्घाखाँची बुलेटिनका सुरेन्द्र गुराउ र उत्कृष्ट अनुसासन पुरस्कार आयोजक टिमका देवेन्द्र सिङ्जाली मगर ले प्राप्त गर्नुभएको थियो ।
भने भलिबल खेल अबधि खेलको बारेमा उत्कृष्ट कलम चलाइ पत्रकारको भुमिका निर्वाह गरेको भन्दै पत्रकार माधव खनाललाई नगद र प्रमाणपत्र सहित आयोजकले सम्मान गरेको थियो ।
होलि पर्व (फागु पुर्णिामा ) को अवसर पारी आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि १२ टिमको सहभागिता रहेको थियो तीन दिनसम्म चलेको भलिबल प्रतियोगिताको रेफ्री विश्व राना र आकाश बेल्बासे रहनुभएको थियो ।
आज सम्पन्न समापन समारोहमा भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाले प्रमाणपत्र र भुमिकास्थान १ का अध्यक्ष भोजराज खनाल प्युठान जिल्ला मल्लरानी गाउँपालिका २ का अध्यक्ष लेखबहादुर थापाले ले पुरस्कार बितरण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पिपल नेटा बजार बिकास सस्थाका अध्यक्ष तिलक खनालको अध्यक्षता उपाध्यक्ष बिष्णु खनालको सन्चालनमा सम्पन्न भएको थियो ।