२०७८ चैत्र ५, शनिवारमा प्रकासित
राजकुमार श्रेष्ठ
खिल्जी, अर्घाखाॅची ५ चैत । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर-६ खिल्जीमा तरुणदल गठन गरिएको छ । सुर्य बहादुर थापाको अध्यक्षतामा २५ सदस्सिय तरूणदल वडा कार्य समिती गठन गरिएको हो।
कार्यक्रममा तरुणदल भुमिकास्थान नगर अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा सभापती भिमलाल श्रेष्ठ वडा अध्यक्ष झबिलाल बन्जाडे जिल्ला सदस्य बिमला परिवार नगर सदस्य वसन्त खप्तरी जिल्ला शिक्षक संग सदस्य रेम बहादुर बस्नेत नेपाल तरुणदल भु न पा सहसचिव रमेस पुन युवा नेता रमेश परिवार समाज सेवि टन्क प्रसाद नेपाली काङ्ग्रेस नेता प्रेमनारायण बेल्बासे लगायतले मन्तव्य राख्दै तरुणदलले विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको भन्दै कांग्रेको गौरवमय ईतिहासमा तरुणहरुको भुमिका अतुलनिय रहेको बताए। गलत प्रवृति र अन्यायका विरुद्ध खरो रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै वडामा भएका बेथिती विरुद्ध तरुणहरुले आवाज उठाउनु पर्ने उनिहरुको भनाई छ ।
कार्यक्रम नेपाल तरुण दल भुमिकास्थान अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, वडा सभापति भिमलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा रेम ब बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो।