बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका मासु पसल तथा दुध डेरी अनुगमन आईतवारदेखि सुरु गरेको छ ।
जीवनारायण आचार्यको संयोजकत्वमा सन्धिखर्क शान्ति बँगैचाचोकदेखि मिडियाचोकसम्मका मासु पसल र दुध डेरी गरि ५ वटा पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बधशाला अव्यवस्थित, पसल दर्ता नभएको, मुल्य सुचि नटाँसिएको र सरसफाई नभएका पसल भेटिएका थिए । उनीहरुलाई समयमै पसल दर्ता गर्न, बधशाला व्यवस्थि बनाउन तथा सरसफाईमा विशेष ध्यान दिन र मुल्यसुचि टाँस्न अनुरोध गरिएको थियो ।
नगरभित्रका मासु पसल तथा दुध डेरी पसलहरुमा दिनहुँ जुनसुकै समयमा पनि लगातार अनुगमन गर्ने र दर्ता नगरि पसल सञ्चालन गर्ने व्यवसायीलाई दर्ता गर्न लगाउने, सरसफाईमा बढि ध्यान दिन अनुरोध गर्ने जीवनारायण आचार्यले जानकारी दिनुभयो ।
अनुगमनमा भेटनरी अस्पतालकी राधा पाण्डे, सन्धिखर्क नगरपालिका पशु शाखाका नारायण खनाल, बुद्धि गौतम, जिल्ला प्रशासन कार्यालयका पोमनारायण कुँवर, जिल्ला प्रहरी कार्यालयका तिल बहादुर बि.क., उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, चेम्बर अफ कमर्शका प्रकाश भुसाल, पत्रकार महासंघ जिल्ला सदस्य बिष्णु खनाल, विजय खनाल लगायतको उपस्थिति रहेको थियो ।