ढाकावाङ्गमा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता कुनै विवाद बिना सम्पन्न | झुठ नलेख्न चेतावनी

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा पिपलनेटा बजार बिकास संस्थाले सम्पन्न दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको बारेमा आज अर्घाखाँची बुलेटिन नामको अनलाइनबाट  आएको समाचार “पूर्णत झूठ” भएको बताएको छ । 
पिपलनेटा बजार विकास संस्थाले अन्लाईनमा लेखे जस्तो झुठ नभई प्रतियोगिता कुनै विवाद बिना सम्पन्न भएको बताएको हो ।    
बुलेटिनका खेलाडीलाई झुठको खेती बन्द गर्न आयोजक पिपलनेटा बजार बिकास संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति 

पिपलनेटा बजार विकास संस्था 

 प्रेस विज्ञप्ति

यस संस्थाद्वारा आयोजना भएको दोस्रो पिपलनेटा खुल्ला भलिवल प्रतियोगिता २०७८ यहि चैत्र ३,४ र ५गते सम्पन्न भएको सर्वविदितै छ। सर्वप्रथम यस प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु, रेफि तथा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरि पाल्नुहुने अतिथि ज्युहरु खेलाड़ि साथिहरु, पत्रकार, सुरक्षाकर्मिका साथिहरु लगायत दर्शक युवाआमा, दाजुभाई तथा दिदिवहिनीहरुमा आयोजक हार्दिक धन्यावाद व्यक्त गर्दछ । साथै विजेता सम्पुर्ण खेलाडि टिमहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

जनप्रतिनिधि, सम्पूर्ण राजनैतिक दल, प्रहरी प्रशासन विभिन्न संघ संस्था लगायतको अतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको शफको भुमिकामा विश्व राना मगर र आकाश वेल्वासे रहनु भएको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा सहभागि आयोजक (A) र अघांखांची बुलेटिन विच भएको प्रतिस्पर्धामा अर्घाखाची थुलेटिनको टिमले पटक-पटक रेफिको निर्णयलाई अवज्ञा गरि खेललाई विवादमा तान्न गरेको भूमिका प्रति आयोजक घोर भत्सना गर्दछ । साथै फाईनल खेलकी चार सेटमा २/२ सेटको बराबरीमा रहेका दुवै टिम १५ अंक तालिकामा सकिने पाँचौ सेट चलिरहंदा आयो ११ अंक पुग्दा अर्घाखाची बुलेटिन ५ अंक प्राप्त गर्न सफल हुँदाहुँदै कोचले रात नपर्द रात परेको र अब खेल्न नमकिने कुरा रेफिलाई जानकारी गराउदै आफुखुशि खेलबाट बाहिरिएको सम्पुर्णमा अवगत गराउदछा साथै रेफि र खेलाड़ि साथिहरको अयोजक सधै सम्मान गर्दछ ।

साथै उक्त कुरालाई लिएर अर्घाखांची बुलेटिन अनलाइन मिडियाले प्रकाशित गरेको “ढाकावाइको पिपलनेटा भलिबल प्रतियोगितामा आयोजक र रेफिको आफुखुशि भन्ने शिर्षक समाचार प्रति आयोजक घोर विरोध गर्दछ । साथै समाचारमा लगाइएको आरोप प्रमाणित गत चुनौति दिन चाहान्छौ

संयोजक राम व नेपाली

खेल आयोजक समिति

अध्यक्ष

तिलक खनाल

पिपलनेटा बजार विकास संस्था

अन्य समाचारहरु