सिद्धाराबाट कांग्रेस, राष्ट्रिय जनमाेर्चा, माओवादी केन्द्र, एसले संयुक्त चुनावी कार्यक्रम शुरु गरे


अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड  नम्बर ९ सिद्धाराकाे सिलिङ्खाेलामा नेपाली काङ्ग्रेस, राष्ट्रिय जनमाेर्चा, नेकपा (माओवादी केन्द्र), नेकपा एस र समाजवादी पार्टीले  संयुक्त कार्यक्रमको आयाेजना गरि स्थानीय चुनावकाे लागि आफ्नाे प्रचारप्रसार अभियान शुरु गरेका छन् । 
सिद्धाराकाे सिलिङ्खाेलामा शनिबार नेपाली काङ्ग्रेस, राष्ट्रिय जनमाेर्चा, नेकपा (माओवादी केन्द्र), नेकपा एस र समाजवादी पार्टीले  संयुक्त कार्यक्रमको आयाेजना गरि स्थानीय चुनावकाे लागि आफ्नाे प्रचारप्रसार अभियान शुरु गरेका हुन् । 
नेपाली काङ्ग्रेस शितगंगा नगरपालिका वडा नम्बर ९ का पार्टी सभापति सुरेन्द्र घर्ती मगरकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा शितगंगा नगरपालिका नगर प्रमुख सुर्य प्रसाद अधिकारीकाे प्रमुख आथित्यता, माओवादी केन्द्र शितगंगा नगर कमिटी उपाध्यक्ष तथा शितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकेश आले, अर्का उपाध्यक्ष दल बहादुर घर्ती (भुमिका) काे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।
कार्यक्रममा बाेल्दै नेताहरुले आजबाट शितगंगा नगरपालिकामा गठबन्धनको चुनावी प्रचारप्रसार सुरु भएको भन्दै आसन्न निर्वाचनमा संयुक्त गठबन्धनको उमेद्वारहरुलाई जिताउन आग्रह गरेका छन ।
कार्यक्रममा बाेल्दै संयुक्त दलका नेताहरुले नेकपा एमालेले संविधान मिच्ने, जनताहरुलाई भ्रममा पार्ने, नगरबाट आएकाे बजेट र विकासमा आफ्नाे नाम जोड्‌ने जस्ता गतिविधि गरेकाेले अब आउने चुनावमा जनताहरु सचेत भएकाे भन्दै अतिरन्जित गरेर झुक्काउनेहरुलाई जनताले सजाय दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका छविलाल पाैडेल, माेती बहादुर बेलबासे, मान बहादुर सारु, माओवादीका वडा अध्यक्ष चुमान सिंह परियार लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियाे ।

अन्य समाचारहरु