पाणिनी बहुमुखी क्याम्पसमा जगन्नाथ भुसालद्वारा लिखित “विवाह रेखा” पुस्तकको विमोचन

अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा जगन्नाथ भुसालद्वारा लिखित “विवाह रेखा” नामक पुस्तक एक कार्यक्रमका बिच विमोचन गरिएको छ।
   लोकबार्ता परिषद नेपाल का केन्द्रिय अध्यक्ष प्राध्यापक डा. प्रेम बहादुर खत्री को प्रमुख आतिथ्यता मा सम्पन्न  बिमोचन कार्यक्रम मा केन्द्रिय उपाध्यक्ष प्राध्यापक भबिश्वर पङेनी , परिषद का केन्द्रिय सदस्य राजेन्द्र कुमार आचार्य निमित्त क्याम्पस प्रमुख बुद्धि राम भुसाल,जिल्ला  प्रगतिशील लेखक संघ का अध्यक्ष  कमल प्रसाद घिमिरे ,सचीव भेषबहादुर केसि कोषाअध्यक्ष जिबनारायण खनाल जिल्ला स्थित साहित्य लेखन सम्बन्धि प्रबुद्ध ब्याक्तित्व हरु नेपाल पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल कोषाअध्यक्ष रुद्रमणि भुसाल तथा क्याम्पस का छात्रा छात्र हरुको उपस्थित रहेको थियो ।
     उक्त बिमोचित पुस्तकमा अरुको घरमा गोठालो बस्दाको कहानी, निम्न बर्गिय भएका समुदाय का परिबारमा शिक्षा र स्वास्थ मा हुने विभेद, सामाजिक सास्कृतिक लोक प्रतिभा झल्कने कुरा हरु शिक्षक तथा पत्रकार हरुले ढुक्क साथ लेख्न र बोल्न नसक्नु को नियती,  न्यायलयमा अपारदर्शीता ,समाजमा हुने हरेक किसिमका सामाजिक कुकृती, युबा युवती बिच हुने प्रेम सम्बन्ध  जस्ता कुरा हरु उल्लेख गरिएको छ।उक्त बिमोचित पुस्तक माथी प्रध्यापक हरु मन्जु घिमिरे र  मिनराज खनाल ले टिप्पणी प्रस्तुत गरेका थिए ।
      साथै सोही कार्यक्रम मा लोकबार्ता परिषद नेपाल द्वारा समाज मा लुकेका धर्म सास्कृतिक  परंरागत  सीप ज्ञान हरुको जगेर्ना गर्ने उदेश्य ले आगामी ०७९ सालको  भाद्र महिना भित्र जिल्ला सदरमुकाम सन्धिखर्क मा बृहत् कार्यशाला गोष्ठी संचालन गरिने भएको छ ।
     लोकबार्ता केन्द्रिय परिषद द्वारा पाणिनि बहुमुखी  क्याम्पस अर्घाखाँची का पुर्ब क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्री को संयोजकत्व  मा ९ सदस्यीय जिल्ला तदर्थ समिति को गठन गरिएको छ जस्को सदस्य हरुमा जगन्नाथ भुसाल, माधबराज चुदाली, बिष्णु बस्याल , मन्जु घिमिरे , अशोक खनाल हेमन्त राज भुसाल , बुद्धि नेपाली र जेबि दर्लामी रहेका छ्न ।
    कार्यक्रम परिषद का संयोजक ज्ञान बहादुर क्षेत्री को अध्यक्षता जेबि दर्लामी को स्वागत मन्तव्य तथा प्रध्यापक माधबराज चुदाली को संचालन मा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु