अर्घाखाँचीमा निर्वाचनसम्म १० हजार जनालाई पार्टीमा भित्र्याउने एमालेको योजना

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमालेले आक्रामक रुपमा चुनावी अभियान संचालन गरेको छ । एमालेलेका नेता तथा कार्यकर्ताहरु अहिले गाउँ केन्द्रित अभियानमा छन् । नेपालमै पहिलोपटक ५ दलिय गठबन्धनले चुनावमा मिलेर जाने घोषणा गरेपछि अहिले अर्घाखाँचीको सिङ्गो एमाले जुरुक्क उठेको छ । 
एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,चेतनारायण आचार्य ,केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी , लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य  रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायत जिल्ला बाट केन्द्र र प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेता एवं जिल्ला कमिटी ,क्षेत्रीय समन्वय कमिटी ,पालिका कमिटी ,वडा कमिटी ,टोल कमिटीका पदाधिकारी र सबै सदस्यहरुका साथै सबै जनवर्गीय संगठनहरु समेत अहिले पार्टीकाममा जुटेका छन् । एमालेले आफ्ना कार्यकर्तालाई संरक्षण गर्दै अन्य पार्टी बाट ठुलो संख्यामा कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ । नव प्रवेशिहरुलाई उचित जिम्मेवारी दिने एमालेको तयारी छ । 
एमाले यस पटकको  निर्वाचनमा करीव १० हजार जनालाई पार्टीमा भित्र्याउने योजना बनाएको नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालले बताउनु भयो । उहाँले तत्कालीन नेकपा एमालेको सरकारले गरेका काम र राष्ट्र निर्माणको अभियान लिएर सिङ्गो पार्टी पङ्ती एकता बद्ध भई जनता बीच पुगेको बताउनुभयो । 
हरेक संकटमा निश्वार्थ भावले काम गर्ने कार्यकर्ताको पार्टीले उच्च मुल्यांकन  गर्ने उहाँको भनाइ छ। एमाले आईतवार जिल्लाका अधिकाम्स वडामा बैठकहरु सम्पन्न गरेको छ । अब प्रत्येक टोल कमिटीका बैठक सकेर घरघरमा पुग्ने पार्टीको तयारी छ ।हिजो सन्धिखर्कका १२ वटै वडामा उत्साह जनक रुपमा बैठक सम्पन्न भएको नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालले बताउनुभयो । आईतवार मात्रै पनि नगरपालिका भित्रका सबै वडामा कम्तीमा १ सय व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।

अन्य समाचारहरु