शोभाखर पन्थी
खनदह, अर्घाखाँची / चैत -८ । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले वर्तमान सरकार बिकास बिरोधि भएको बताउनु भएको छ ।
नेकपा एमाले मालारानी वडा नं.३द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै उहाँले सरकारले जिल्लाको करीब २ अर्ब बजेट कटौती गरेर बिकास बिरोधि काम गरेको आरोप लगाउनु भयो ।
परमादेश सरकार हरेक पक्षमा असफल बन्दै गएको उहाँको भानाई छ। अध्यक्ष भुसालले स्थानीय निर्वाचन सम्म जिल्लामा करीब १० हजार व्यक्तिलाई पार्टी प्रवेश गराउने तयारी भैरहेको समेत वताउनु भयो ।
मालारानी वडा नं.३ कमिटीका उपाध्यक्ष तिलक खनालको अध्यक्षता र टि.एन.पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.,मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य,एमाले मालारानी गाउँ पालिका कमिटीका उपाध्यक्ष दीपा पोख्रेल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वाई.सि .एल.वडा कमिटीका अध्यक्ष रेमलाल पोख्रेल सहित नेपाली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाट २४ जना व्यक्ति नेकपा एमालेमा प्रवेश गरेको एमाले प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।