सन्धिखर्कमा संचालित प्राय मासु पसलहरु मापदण्ड बिपरित। खान अयोग्य मासु बिक्री वितरण (फोटो फिचर)

गोपाल प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्कमा संचालित अधिकांश मासु पसलहरु मापदण्ड बिपरित संचालन गरेको पाइएको छ । 
सन्धिर्खक नगरपालिकाको बजार अनुगमन समितिको आयोजनामा आज सन्धिखर्क–१ मा संचालित बिभिन्न मासुपसलहरुमा अनुगमन गर्दा यस्तो भेटिएको हो । नगर स्तरिय बजार अनुगमन समितिका संयोजक जिव नारायण आचार्यको नेतृत्वमा खटिएको अनुगमन टोलीले सन्धिखर्क–१ को हटारी,स्याले बजार,हस्पिटल लाइनमा अनुगमन गर्दा अधिकांश मासु पसलको बद्य स्थल व्यवस्थित नभएको पाइएको अनुगमन टोलीका सदस्य पोम नारायण पौडेलले जानकारी दिनुभएको छ । 
सन्धिखर्क नगरपालिका,जिल्ला प्रशासन,प्रहरी,पशुसेवा कार्यालय,अर्घाखाँची उद्योग वाणिज्य संघ र पत्रकार महासंघ अर्घाखाँचीका प्रतिनिधिहरुको सहभागितामा उक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा बधशाला अव्यवस्थित, पसल दर्ता नभएको, मुल्य सुचि नटाँसिएको र सरसफाई नभएका पसल भेटिएका छन् । उनीहरुलाई १५ दिन देखि १ महिना भित्रमा पसल दर्ता गर्न, बधशाला व्यवस्थित गर्न,सरसफाईमा विशेष ध्यान दिन र मुल्यसुचि टाँस्न अनुरोध गरिएको छ । 
नगरभित्रका मासु पसल तथा दुध डेरी पसलहरुमा जुनसुकै समयमा पनि अनुगमन गर्ने र मापदण्ड बिपरित पसल सञ्चालन गर्ने व्यवसायीलाई अटेराइ गरेमा आवस्यक कार्बाही गर्ने टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी बताउनुभएको छ ।

अन्य समाचारहरु