अर्घाखाँचीमा भूमि आयाेगको सदस्यमा मसालकी सकुन्तला राना र माओवादी केन्द्रकी छम कुमारी नियुक्त

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भूमि आयाेगको सदस्यमा नेकपा मसाल निकट अखिल नेपाल महिला सघ केन्द्रिय महासचिव तथा जिल्ला अध्यक्षकी सकुन्तला राना र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समितिका कार्यालय सदस्य  नेत्री छम कुमारी खनाल थापा मगर नियुक्त भएकी छिन् । 
सदस्य  सकुन्तला राना, छम कुमारी खनाल थापा मगर  र अध्यक्ष  यादव प्रसाद घिमिरे, फोटो: फेसबूक 
नेपाल सरकारकाे मन्त्रीपरिषद्काे निर्णय अर्घाखाँचीमा भूमि आयाेगको सदस्यमा नेकपा मसाल निकट अखिल नेपाल महिला सघ केन्द्रिय महासचिव तथा जिल्ला अध्यक्षकी सकुन्तला राना र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समितिका कार्यालय सदस्य  नेत्री छम कुमारी खनाल थापा मगर नियुक्त भएकी हुन्  ।
उता गत २०७८ माघ १ गते शनिवार भूमि आयाेग अर्घाखाँचीको अध्यक्षमा यादव प्रसाद घिमिरे नियुक्त भएका थिए । 
 पुर्व शिक्षक संघ  जिल्ला अध्यक्ष समेत रहेका घिमिरे गत मंसिरमा जिल्लामा सम्पन्न नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनको निर्वाचनमा जिल्ला सभापति पदमा पराजित भएका थिए ।  सभापति पदमा केशव श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ७३१ मत प्राप्त गरेका थिए । भने प्रतिस्पर्धी इन्द्रमणि पाैडेलले ३५२ मत प्राप्त गरेका थिए । साथै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका थिए । २७ मत बदर भएको थियो । 
उता गत २०७७ माघ २० गते मंगलवार सरकारले भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन अर्घाखाँचीमा पनि कृष्ण बहादुर भुसालको संयोजकत्वमा तीन सदस्यीय जिल्ला समिति गठन भएको थियो । 
यस्तै समितिको विज्ञ सदस्यमा जिल्लाको बाँगी निवासी तुल्सी राम मिश्र र सदस्यमा डाँडा निवासी शिवमाया विश्वकर्मा मनोनित भएका थिए । तर संसद विघटनपछि एक महिना नपुग्दै उक्त समिती खारेज भएको थियो ।  

अन्य समाचारहरु