अर्घाखाँचीमा गठबन्धन पद बाँडफाँटको तयारी :दलहरुको आ-आफ्नै तामझाम

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले अर्घाखाँची जिल्लाका राजनीतिक दलहरु चुनावी कार्यक्रममा व्यस्त छन् । निर्वाचनको नजिकिदै गर्दा यतिबेला जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
क्रमश: राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन के.सी, कांग्रेस सभापति केशब श्रेष्ठ, नेकपा(एस)का राम बहादुर चौहान, माओवादी केन्द्रका ठाकुर कुमार विक । फोटो: फेसबूकबाट  
उता यो पटक अर्घाखाँचीको स्थानीय तहमा एमालेलाई ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा गरेको छ । ३ गाउँ र ३ नगरसहित ६१ वार्डमा नै एमाले उम्मेदवारलाई हराउँदै संघ र प्रदेशको चुनावसम्म एक भएर जाने सत्ता साझेदार दलले समझदारी गर्ने देखिएको छ । 
अहिले अर्घाखाँचीमा कांग्रेसको दुई नगरपालिकामा प्रमुख, एक नगरमा उपप्रमुख र दुई गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष छन् । दुई नगरमा माओवादीका उपप्रमुख छन् । जिल्लाका ६१ वडामध्ये एमालेका २६, कांग्रेसका २४, माओवादीका ७ र राजमोका ४ वटा वडाध्यक्ष छन् ।  
उता ०७४ को चुनावको मत परिणाम अनुसार ६ स्थानीय तहमध्ये कांग्रेसले चार ठाउँमा एक्लै जित्न सक्ने दाबी गर्दै केही कांग्रेस नेता/कार्यकर्ता भने गठबन्धन गरेर कांग्रेसलाई घाटा पुग्ने भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका छन् ।  छत्रदेव र पाणिनीमा कांग्रेसले सहजै जित्ने, सन्धिखर्क र शितगंगा नगरपालिकामा एमालेसितको प्रतिस्पर्धामा झिनो मतान्तरमा प्रमुख/उपप्रमुख पद जित्न सकिने कांग्रेस वृत्तमा आकलन छ । 
साथै कांग्रेस लगायत गठबन्धन भित्रका दलभित्र पद बाँडफाँटको लागि अनौपौचारिक छलफल निरन्तर चलिरहेको देखिन्छअनौपौचारिक छलफल अनुसार गठबन्धनको पहिलो दल नेपाली कांग्रेसलाई सन्धिखर्क र शितगंगा नगरपालिका मेयर र छत्रदेव र पाणिनीमा आफ्नो जनमत रहेको कारण काङ्ग्रेसले ४ वटा पालिकाका प्रमुख पदमा आफ्नो दावि प्रस्तुत गर्दै आएको देखिन्छ ।त्यसैगरी   भुमिकास्थानमा आफ्नो अलि धेरै प्रभाव रहेको  दल राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरपालिकामा मेयर मा दावि गर्ने देखिन्छ साथै अन्य ठाउँ पनि स्थानीय तहको चुनावको उपयोग गर्ने नीति अनुरुप अन्य पालिकामा वा वार्ड अध्यक्ष हरुमा वार्गेनिङ्ग गर्न सक्ने संभावना लाई पनि नकार्न सकिदैन।माओवादी केन्द्र पछिल्लो चुनावमा भुमिकास्थान नगरपालिकाको मेयर,सन्धिखर्क नगरपालिकाको उपमेयर,सितगंगा नगरपालिकाको उपमेयर पदमा जित्नु का साथै मालारानी गाउँपालिकामा झिनो मतान्तरले हारेको कारण,उक्त पार्टीको दावि पनि साविकको पदमा रहने देखिन्छ।नेकपा (एकीकृत समाजवादी) पनि नेकपा (एमाले) बाट फुटेर आएको र जसको प्रभाव पनि जिल्लामा राम्रो नै देखिन्छ।खासगरी भुमिकास्थान नगरपालिकाको केही वार्डहरुमा एक्लै पनि टक्कर दिन सक्ने सामर्थ्य राख्ने भएकोले उसको दावि पनि केही ठुला पदहरुमा रहने देखिन्छ।त्यसैले अर्घाखाँची मा गठबन्धन मा पद बाडफाड मिलाएर अगाडि बढाउन ढुङ्गा को चिउरा चपाउनु सरह देखिन्छ। अन्य ६१ वार्डमा पनि बाँडफाँटको लागि आन्तरिक छलफल हुँदैछ ।
प्रभावशाली नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्का नेकपा(एमाले)मा प्रवेश गरे संगै माओबादी केन्द्रको अवस्था यो पटक एकदम कमजोर रहेको आंकलन गरिएता पनि झिनो  असर पनि नपरेको माओवादी नेताहरु बताउदै आएका छन।
उता साथै ०७४ सालमा जिल्लाका ६ वटा स्थानिय तहको नतिजा  अनुसार नेपाली काँग्रेसले २ नगरपालीका र २ गाँउपालीका गरी ४ वटा पालीकामा बिजयी हासील गरेको थियो ।  त्यस्तै नेकपा एमालेले १ गाँउपालीका र माओबादी केन्द्रले १ नगरपालीकामा बिजयी हासील गरेका थियो । कुल ६१ वटा वडाहरु रहेका ६ पालीकामा  नेपाली कांग्रेसले २५, नेकपा एमालेले २५, माओवादी केन्द्रले ७ र राष्ट्रिय जनमोर्चाले ४ वटा वडाहरुमा  जित हासील गरेका थिए । 
सन्धिखर्क नगरपालीकामा नेपाली काँग्रेस र माओबादी केन्द्र गठबन्धनका मेयर र उपमेयर पदमा  बिजयी भएका थिए । गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल ८२३० मत प्राप्त गरी बिजयी भएका थिए । भुसालका प्रतिद्धन्दी एमालेका कृष्ण प्रसाद श्रेष्ठले ७१२७ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा माओबादी केन्द्रका ठाकुर कुमार बिकले ७३६५ मत ल्याई बिजयी भएका थिए । बिकका प्रतिद्धन्दी एमालेकी ईश्वरा पोख्रेलले ६४०४ मत ल्याएका थिए । जसमा मेयरमा ११०३ र उपमेयरमा ९६१ मतको अन्तर रहेको छ । 
त्यस्तै शितगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र  गठबन्धनका मेयर र उपमेयर पदमा विजयी भएका थिए । गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सुर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी भएका थिए  । अधिकारीका प्रतिद्धन्धी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा  माओवादीका टिका रेश्मीले ७१२८ मत ल्याई विजयी  भएका थिए  ।  रेश्मीका प्रतिद्धन्धी एमालेकी गिता भाटले ६१३३ मत ल्याएका थिए ।  मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तर रहेको थियो । 
त्यस्तै छत्रदेव गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएका थिए । नेपाली कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेलले ६१६७ मत र उनका प्रतिद्धन्धी रिषी अधिकारीले ५०६५ मत ल्याकेआ थिए । उपाध्यक्षमा कांग्रेसकी तुल्सा देवी श्रेष्ठले ६१९० मत भएका थिए, उनकी प्रतिद्धन्धी एमालेकी मनिषा पन्थीको ४६१६  मत ल्याएका थिए   । सो पालीकामा अध्यक्षमा ११०२ र उपाध्यक्षमा १५६५ मतको अन्तर परेको थियो । 
त्यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अच्युत गौतमले ५९७७ र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५५४७ मत प्राप्त गरि विजय भएका थिए  । उनका प्रतिस्प्रधी जिवनारायण कोईरालाले ५४८५ र नेकाकी अम्विका पोख्रेलले ५४१२  मत प्राप्त गरेका थिए । ८ वटा बडा रहेको उक्त गाउँपालिकामा ४ वटा वडामा एमाले र ४ वटा वडामा नेपाली कांग्रेसले बिजय प्राप्त गरेका थिए । 
त्यस्तै मालारानी गाँउपालीकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण आचार्यले ६५०३ र उपाध्यक्षमा एमालेकै प्रमिला क्षेत्रीले ६५२२ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्धन्दी माओबादी काँग्रेस गठबन्धनका अध्यक्ष पदका उमेद्वार पदम क्षेत्रीले ५५०४ र उपाध्यक्ष पदकी उमेद्वार शान्ता खनालले ५२१० मत प्राप्त गरेका थिए । ९ वटा वडाहरु रहेको उक्त पालीकामा  ६ वटा वडामा एमाले र ३ वटा वडामा माओबादी केन्द्रले जितेको थियो । 
यस्तै भुमिकास्थान नगरपालीकाको मेयर पदमा नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका रेशम थापाले ५३२० मत र उपमेयरमा गठबन्धनकै खडानन्द बेल्बासेले ५२३० मत प्राप्त गरी बिजयी भएका थिए  । उनका प्रतिद्धन्दी राजमोका मेयर पदका उमेद्वार कबिराम खनालले ४५४२ मत प्राप्त गरेका थिए । भने एमालेको तर्फबाट मेयर पदका उमेद्वार पिताम्बर भुसालले ४२५० मत प्राप्त गरेका थिए । त्यस्तै उपमेयरमा एमालेकी सुनिता बेल्बासेले ४७०१ मत र राजमोकी सकुन्तला रानाले ३५६६ मत प्राप्त गरेका थिए । १० वटा वडाहरु रहेको उक्त पालीकामा राजमोले ४, एमालेले ४, माओबादी केन्द्रले १ र नेपाली काँग्रेसले १ वडामा बिजयी हासील गरेको थियो ।
जिल्लामा नेपाली कांग्रेसले  विजयी हासिल गरेका वडाहरु यस्तो थियो :  
१. सन्धिखर्क नगरपालिका वडा नं. १२, डिर्भना नारायण खड्का ।
२. सितगंगा नगरपालिका वडा नं. ३, हेमनाथ भुसालको  प्यानल सहित ।
३. सितगंगा नगरपालिका वडा नं. ४, दामोदर अधिकारी  प्यानल सहित ।
४. सितगंगा नगरपालिका वडा नं. ५, जुकेना कमल पौडेल  प्यानल सहित ।
५. सितगंगा नगरपालिका वडा नं. १०, हिम्मत पोख्रेल ।
६. सितगंगा नगरपालिका वडा नं. ११, कपिल आले प्यानल सहित ।
७. सितगंगा नगरपालिका वडा नं. १२, बाबुराम गैरे प्यानल सहित ।
८. पाणिनी गाउँपालिका  वडा नं. १, शालिकराम भट्टराई प्यानल सहित ।
९. पाणिनी गाउँपालिका वडा नं. २, नेत्रप्रसाद भट्टराई प्यानल सहित ।
१०. छत्रदेव गाउँपालिका वडा नं. १, चिदिका प्रकाशराज पन्थी  ।
११. छत्रदेव गाउँपालिका वडा नं. २, राजेशकुमार पन्थी  ।
१२. छत्रदेव गाउँपालिका वडा नं. ८, राजकुमार श्रेष्ठ  ।
१३. छत्रदेव गाउँपालिका वडा नं. ५, छत्रगन्ज, बालकृष्ण श्रेष्ठ प्यानल सहित   ।
१४. छत्रदेव गाउँपालिका वडा नं. ६, ठुलापोखरा कमल पौडेल प्यानल सहित  ।
१५. छत्रदेव गाउँपालिका वडा नं. ४, केरुङ्गामा अशोककुमार श्रेष्ठ ।
१६. सन्धिखर्क नगरपालिका वडा नं. ३     लिला गौतमको प्यानल ।
१७. सितगंगा नगरपालिका वडा नं. ७  जलुकेमा        मोहन पन्थी ।
१८. पाणिनी गाउँपालिका ६ धातिवाङ्ग       शुभबहादुर सारु प्यानल सहित ।
१९. सितगंगा नगरपालिका वडा नं. १४ सिमलपानीमा      दामोदर न्यौपाने ।
२०. सन्धिखर्क नगरपालिका वडा नं. ४,       कृष्ण श्रेष्ठ बिजयी ।
२१. पाणिनी गाउँपालिका वडा नं.   ४, पटौति , थानेश्वर घिमिरे बिजयी ।
२२. सन्धिखर्क नगरपालिका वडा नं. ५,  राजेन्द्र भुसालको प्यानल बिजयी ।
२३. भुमिकास्थान नगरपालिका वडा नं. ६, खिल्जीमा  झबीलाल बन्जाडे  बिजयी ।
२४. सन्धिखर्क नगरपालिका वडा नं. ६,  नरपानीमा कृष्ण आचार्य बिजयी ।
२५. सन्धिखर्क नगरपालीका वडा नं. ७ खाँचीकोटका पृतम बहादुर थापाको प्यानल बिजयी ।
जिल्लामा नेकपा एमालेले  विजयी हासिल गरेका वडाहरु यस्तो थियो :  
१. छत्रदेव गाउँपालिका वडा नं.   ७, भगवती शोभाखर पाण्डे विजयी ।
२. मालारानी गाउँपालिका वडा नं. १, मरेङ  बालकृष्ण आचार्य प्यानल सहित ।
३. मालारानी गाउँपालिका वडा नं. २, अर्घातोष  बिनोद भुसाल प्यानल सहित ।
४. मालारानी गाउँपालिका वडा नं. ८, हंसपुर  नरेन्द्र वस्नेत प्यानल सहित ।
५. पाणिनी गाउँपालिका वडा नं. ८, पाली  मिनराज आत्रेय प्यानल सहित ।
६. सन्धिखर्क नगरपालिका वडा नं. १, सन्धिखर्क  युवराज वन्जाडे प्यानल सहित ।
७. भुमिकास्थान नगरपालिका वडा नं. १०, धनचौर  खगेश्वर पन्थी प्यानल सहित ।
८. सितगंगा नगरपालिका वडा नं. १, सुवर्णखाल  बुद्धिकृष्ण पौडेल प्यानल सहित ।
९. सितगंगा नगरपालिका वडा नं. २, सीतापुर  गोवद्र्धन थापा प्यानल सहित ।
१०. छत्रदेव गाउँपालिका वडा नं. ३, केरूङा, बल्कोट  तेजप्रसाद खनाल प्यानल सहित ।
११. मालारानी गाउँपालिका वडा नं. ७, बामरूक  खड्क प्रसाद भुसाल प्यानल सहित ।
१२. सन्धिखर्क नगरपालिका वडा नं. २, सन्धिखर्क  मोतिजंग रायमाझी  प्यानल सहित ।
१३. पाणिनी गाउँपालिका वडा नं. ७, अडगुरी गुनाखर अधिकारी प्यानल सहित ।
१४. भुमिकास्थान नगरपालिका वडा नं. ९, ढिकुरा नारायण प्रसाद खनाल प्यानल सहित ।
१५. सन्धिखर्क नगरपालिका वडा नं. ११, डिर्भनामा धुर्वराज आचार्य ।
१६. मालारानी गाउँपालिका वडा नं. ३, जिवन चौहान प्यानल सहित ।
    १७. भुमिकास्थान नगरपालिका वडा नं. ८  कुमार श्रेष्ठ सम्पुर्ण प्यानल सहित बिजयी ।
१८. सितगंगा नगरपालिका वडा नं. १३, सिमलपानी दुर्गा विसी ।
१९. सन्धिखर्क नगरपालिका वडा नं. १०, लक्ष्मीनारायण चुदालीको प्यानल बिजयी ।
२०.मालारानी गाँउपालीका वडा नं. ४, बिष्णुप्रसाद पोख्रेलको प्यानल बिजयी ।
२१. पाणिनी गाउँपालिका वडा नं.  ३, खिदिम देबि बहादुर केसी को प्यानल बिजयी ।
२२. पाणिनी गाउँपालिका वडा नं.  ५, मैदान जिबलाल घिमिरे को प्यानल बिजयी ।
२३. सितगंगा नगरपालिका वडा नं. ६, रिषी रेश्मी बिजयी ।
२४. भुमिकास्थान नगरपालिका वडा नं. ७, तारा मल्लको प्यानल बिजयी ।
२५.सन्धिखर्क नगरपालीका वडा नं. ८, ईश्वरी प्रसाद भुसालको प्यानल बिजयी ।
जिल्लामा राष्ट्रिय जनमोर्चाले  विजयी हासिल गरेका वडाहरु यस्तो थियो :  
१. भुमिकास्थान नगरपालिका वडा नं. १ मा भोजराज खनाल प्यानल सहित विजयी ।
२. भुमिकास्थान नगरपालिका वडा नं. २ मा बुद्धि बहादुर थापा प्यानल सहित विजयी ।
३. भुमिकास्थान नगरपालिका वडा नं. ४ मा बाबुराम पन्थी सुनारको प्यानल बिजयी ।
४. भुमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोटमा तुल्सीराम बेल्बासे को प्यानल बिजयी ।
जिल्लामा माओवादी केन्द्रले विजयी हासिल गरेका वडाहरु यस्तो थियो :  
१. सितगंगा नगरपालिका वडा नं. ८, रुकेश आले मगर  ।
२. सितगंगा नगरपालिका वडा नं. ९, भिम केसी  ।
३. मालारानी गाउँपालिका वडा नं. ९, फनबहादुर पुन  । १ महिला सदस्य एमाले ।
४. भुमिकाथान नगरपालिका वडा नं. ३, बालकृष्ण बन्जाडे । ४ सदस्य राजमो बिजयी ।
५. मालारानी गाँउपालीका वडानम्बर. ६, नारायण अर्याल को प्यानल बिजयी ।
६. मालारानी गाँउपालीका वडानम्बर. ५, शोभाखर भुसालको  बिजयी ४ सदस्य एमाले ।
७.सन्धिखर्क नगरपालीका वडा नम्बर ९, अर्घामा  देबबहादुर रायमाझी को प्यानल बिजयी ।

अन्य समाचारहरु