अर्घाखाँचीमा इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन अल्टिमेटम, नत्र कारबाही गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्ला प्रशासनले  इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ ।
यही आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ अर्घाखाँची जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो । 
बुधवार प्रशासनले एक सूचना जारी गर्दै १५ दिन भित्र आआफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको प्रजिअ महतको भनाई छ । 
यदि बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्तिलाई नै बुझाउने बताइएको छ । 
निर्धारित समयभित्र नबुझाएमा अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ ।
 

अन्य समाचारहरु