अनिल नेपाली
खाँचीकोट, अर्घाखाँची १० चैत (अर्घाखाँचीडट्कम) । जनजातिका समस्या प्रति आफु जिम्मेबार रहेको सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोटका अध्यक्ष प्रितम बहादुर थापाले बताउनुभएको छ ।
सन्धिखर्क नगरपालिका वडा न ७ ले वडामा आयोजना गरेको जनजातिलाई कोइलर कुखुराको वितरण कार्यक्रममा मन्तब्य राख्दै थापाले यस्तो बताउनुभएको हो ।
थापाले आफु निर्वाचित भएपछि विभिन्न किसिमका वडामा रहेका विभिन्न जातजातिको विकास प्रबद्र्धनको लागि निरन्तर लागि परेको बताउदै यस्ता किसिमका रचनात्मक कामको आगामी दिनमा समेत गर्ने बताएका थिए । कार्यक्रम वडा अध्यक्ष प्रितम बहादुर थापाको अध्यक्षता वडा सचिब तुल्सा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो वडाका विभिन्न ठाँउमा पुगी कुखुराको वितरण गरिएको थियोे ।
कार्यक्रममा कायपालिका सदस्य बसन्ता केसी वडा सदस्य विष्णु भुसाल रामलाल खनाल लगायतको आतिथ्यता रहेको थियो ।