अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोटको फुदवाङ नजिकै रहेको बिधुत सबस्टेशनको क्षेत्रमा मानिसहरु तथा जनवार चराउन प्रवेश निषेध गरिएको छ ।
कपिलवस्तु जिल्लाको बाणगंगा – ७ मोतिपुर सबस्टेशनदेखि खाँचीकोटको फुदवाङ नजिकै रहेको बिधुत सबस्टेशनको क्षेत्रमा उच्च भोल्टेजमा विद्युत प्रवाह गरी परिक्षण गरिने भन्दै मानिसहरु तथा जनवार चराउन प्रवेश निषेध गरिएको हो ।
विद्युत प्राधिकरणले जनाए अनुसार १३२ केभी लाईनको सबस्टेशनको बुधवार प्रशारण लाईनको तारको बीचको भागबाट ९, ९ मिटर दाँया बाँया नजान अनुरोध गरिएको छ ।