सन्धिखर्कमा प्रेस सेन्टरको पत्रकार सम्मेलनमा डिलाराम आचार्यले भने; माओवादी सत्तामा रहे मात्र देशको परिवर्तन हुन्छ

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रेस सेन्टरले राखेको पत्रकार सम्मेलन सम्पन्न भएको छ ।  
सो अवसरमा नेकपा (माओबादी केन्द्र)सत्तामा रहे मात्र देशको परिवर्तन हुने भएकाले सत्तामा दायाँ बाया बाट रहीरहुन पर्ने आवश्यक रहेको माओवादीका केन्द्रिय सदस्य डिलाराम आचार्यले बताउनुभएको छ । माओवादी सत्तामा नरहेमा देशको हरेक क्षेत्र पछि पर्ने समेत बताउदै सेवा सुविधा भन्दा पनि देशको हरेक क्षेत्रमा समावेशी नेतृत्वमा आवश्यक रहने बताउनुभयो ।
 सन्धिखर्कमा प्रेस सेन्टरले राखेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । यस्तै नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य ठाकुर कुमार विक (किशोरं)ले एमाले सचिव टोपबहादुर रायमाझी अवसरवादी रहेको बताउनुभएको हो ।
यस्तै नेकपा माओवादी केन्द्रकि जिल्ला इन्चार्ज शुसीला श्रीपालीले अर्घाखाँचीका सबै स्थानिय तह तथा वडाहरुमा गठबन्धन हुने बताउनुभयो । कार्यक्रमा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसाल ,पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम प्रेस सेन्टर नेपाल प्रदेश सदस्य रमिता नेपालीको अध्यक्षता , प्रेस सेन्टर नेपालका सचिव बसन्त कुमार विकको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु