खिदिममा पाणिनी पर्यटन समाजद्वारा पर्यटकीय गन्त्तव्य खोजी तथा प्रचार सम्बन्धी अन्तरक्रिया सम्पन्न (तस्बिरहरु)

डिआरजी सुमन 
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  पाणिनी पर्यटन समाजले पाणिनी गाँउपालिका वडा नं ०३, खिदिम स्थिति ऐतिहासिक तथा सांस्कृतिक रुपमामहत्वपूर्ण रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारको कार्यलाई तीव्रता दिएको छ ।
 ऐतिहासिक दुर्वाशेश्वरगुफा सहितपर्यटकीय क्षेत्रको प्रचार प्रसार मा जोड्दिन स्थानीय सरोकारवालाले पाणिनि पर्यटन समाज लाई आग्रह गर्दै आफुहरु सहयोगी भूमिकानिभाउन तयार रहेको वताएका छन । 
पाणिनि गाँउ पालिका वडा नं ३ को सभाहलमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रमको अध्यक्षता पर्यटन समाज का अध्यक्ष झविनले गर्नु भएको थियो । पाणिनि गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष देवी वहादुर क्षेत्री को प्रमुख आथित्यता रहेको कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार डिआरजी सुमन ले  गर्नु भएको थियो । 
पाणिनि गाँउ पालिका वडा नं ३ को अति महत्वपूर्ण पर्यटकीय स्थल दिर्वाशेस्वर गुफा सहितका क्षेत्रकोपर्यटन प्रवर्द्धनका कार्यमा स्थानीय जनप्रतिनिधी तथासरोकार वालाले जोड़ दिने प्रतिबद्धता जनाएका छन। पाणिनि पर्यटन समाज का सदस्य राम प्रसाद भट्टराई,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि गाँउ पालिका वडा नं ३ का सचिवगोविंद विक सहित ३७ जना सहभागिता रहेको कार्यक्रम वार्ड सदस्य ओमप्रकाश भूसालले पाणिनि पर्यटन समाज लाईधन्यवाद व्याक्त गर्दै आगामी दिनमा आफुले वडाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाउनु भएको छ । तस्वीर डिआरजी सुमन/खिदिम,अर्घाखाँची ।

अन्य समाचारहरु