अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोटको फुदवाङको बिधुत सबस्टेशनको भोली शनिवार उद्घाटन हुने भएको छ ।
खाँचीकोटको फुदवाङमा सम्पन्न १३२ केभी लाईन बिधुत सबस्टेशनको भोली चैत्र १२ गते शनिवार उद्घाटन हुने भएको हो ।
बिधुत सबस्टेशनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि आउने बताइएको छ ।
उता सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोटको फुदवाङ नजिकै रहेको बिधुत सबस्टेशनको क्षेत्रमा मानिसहरु तथा जनवार चराउन प्रवेश निषेध गरिएको छ ।
कपिलवस्तु जिल्लाको बाणगंगा – ७ मोतिपुर सबस्टेशनदेखि खाँचीकोटको फुदवाङ नजिकै रहेको बिधुत सबस्टेशनको क्षेत्रमा उच्च भोल्टेजमा विद्युत प्रवाह गरी परिक्षण गरिने भन्दै मानिसहरु तथा जनवार चराउन प्रवेश निषेध गरिएको हो ।
विद्युत प्राधिकरणले जनाए अनुसार १३२ केभी लाईनको सबस्टेशनको बुधवार प्रशारण लाईनको तारको बीचको भागबाट ९, ९ मिटर दाँया बाँया नजान अनुरोध गरिएको छ ।