रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका मासु पसल, दूध संकलन केन्द्र र दुध डेरी अनुगमनलाई तिव्रता दिएको छ ।
आईतवारदेखी सुरु गरेको अनुगमनको छैटौदिन रतहले र रुब्दीका मासुपसल रदुध डेरी अनुगमन गरिएको अनुगमन समितिका संयोजक जीबनारायण आचार्यले जनाकारी दिनु भयो ।
अनुगमनका क्रममा बधशाला अव्यवस्थित, पसल दर्ता नभएको, मुल्य सुचि नटाँसिएको र सरसफाई नभएका पसल भेटिएका थिए । उनीहरुलाई समयमै पसल दर्ता गर्न, बधशाला व्यवस्थित बनाउन तथा सरसफाईमा विशेष ध्यान दिन र मुल्यसुचि टाँस्न अनुरोध गरिएको छ ।
नगरभित्रका मासु पसल तथा दुध डेरी पसलहरुमा दिनहुँ जुनसुकै समयमा पनि अनुगमन गर्ने र दर्ता नगरि पसल सञ्चालन गर्ने व्यवसायीलाई दर्ता गर्न लगाउने, सरसफाईमा बढि ध्यान दिन अनुरोध गरिएको पशु शाखाका प्रमुख नारायण खनाले जानकारी दिनुभयो ।
अनुगमनमा सन्धिखर्क नगरपालिका अनुगमन समितिका संयोजक जीबनारायण आचार्य,पशु शाखाका प्रमुख नारायण खनाल ,कर्मचारी बुद्धि गौतम, जिल्ला प्रशासन कार्यालयका पोमनारायण कुँवर, नेपाल पत्रकार महासंघका जिल्ला कोषध्यक्ष रुद्रमणि भुसाल, कृषि विकास शाखाका , विजय खनाल जिल्ला प्रहरी कार्यालयका जबहर सिह गुप्ता ,चेम्बर अफ कमर्शका प्रकाश भुसाल, लगायतको टोलीले अनुगमन गरेको हो ।