वाङ्लामा ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य
वाङ्ला,  अर्घाखाँची ११ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ४ वाङ्लामा  ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिका वडा नम्वर ४ मा रहेका ४३ जना ज्येष्ठ नागरिक, र ५७ जना  अपांगता भएका ब्यक्तिहरुलाई सम्मान गरिएको वडा अध्यक्ष कृष्ण प्रासद श्रेष्ठले बताउनुभयो । 
उहाँले ज्येष्ठ नागरिक समाजका गहना भएकोले उनीहरुको ज्ञान र सिप सबैले सिक्नु पर्ने बताउनुभयो । उहाँले फरक क्षमता भएका ब्यक्तिहरुलाई आत्म सम्मानका सम्मान गरिएको बताउनु भयो । 
कार्यक्रममा कार्यपालिका सदस्य मानबहादुर सुनार, वडा सदस्यहरु शिवमाया आचार्य, हुमलाल श्रेष्ठ , लोचना देवी सुनार, स्वास्थ्य चौकी प्रमुख मिनराज पौडेल, स्थानीय अगुवाहरु  पिताम्बर पौडेल, महमद सफर मिया , मुक्तिराम भण्डारी , नामबहादर सिंह रानाभाट , चोपलाल श्रेष्ठ लगायतको उपस्थितिमा ज्येष्ठ नागरिक र अपांगता भएका गरी १ सय जनालाई सम्मान गरिएको हो । 
कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, सदस्य शिवमाया आचार्यको स्वागत मन्तब्य र वडा सचिव संगिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु