भिडियो, फोटो फिचर: अर्घा भगवती विमानस्थलमा रनवेको काम सम्पन्न

हरि कुँवर

अर्घा भगवती विमानस्थल, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० शिखरबार्नीमा रहेको अर्घा भगवती विमानस्थलमा रनवेको काम सम्पन्न भएको छ ।
उता अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० शिखरबार्नीमा रहेको अर्घा भगवती विमानस्थल संचालनमा ल्याउन अझै केही वर्ष लाग्ने छ।
अर्घा भगवती विमानस्थल परिक्षण उडानको लागि तयार भएको नेता, इन्जिनियर ठेक्दारहरुले दावी गरेता पनि संचालनमा ल्याउन अझै केही वर्ष लाग्ने भएको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे अझै हुन सकेको छैन् । विमानस्थल उपकरणका कुरा त टाढाको कुरा हो, धावनमार्गमा कालोपत्रे गर्न योजना नबन्दा सबै अनिश्चित भएको छ ।
पहिलो र द्रोस्रो चरण गरि ६५० मिटर लम्बाइ र ४० मिटर चौडाइको विमानस्थलको ‘रनवे’को काम पुरा भए सगै परिक्षण उडान गर्नको लागि भौतिक हिसाव हिसावल योग्य भएको दावी जिल्लाका नेता, ठेक्दार, इन्जिनियरले दावी गर्दै आएका छन् ।
कन्ट्रोल टावर, टर्मिनल, सुरक्षा लगायतक कयौ काम गर्न बाँकी रहेको छ, जसले व्यावसायिक उडान संचालनमा ल्याउन अझै वर्षौ लाग्ने देखिन्छ ।  उता भविष्य रनवे अनुसार १८ सिटे जहाजले उडान भर्न सकिने छ ।
यस्तै यसअघि अर्घा भगवती विमानस्थलको निर्माण कार्य पहिलो चरणमा पुष्पा जेभी कन्स्ट्रक्सनले पाँच करोड ६९ लाख रुपैयाँको लागतमा सम्पन्न गरेको थियो । दोस्रो चरणमा ८ करोड १० लाखको निर्माण कार्यको लागि प्रदिप प्रतिभा खनाल ब्रदर्श जेभीले ३ करोड ५६ लाखमा ठेक्का पाएको थियो । जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटिंग, १ लाख ७६ हजार माटो बोक्ने, ३९ सय घन मिटर फिलिंग र १८ सय घन मिटर ग्याभींग जाली,१५० मिटर रनवेको निर्माण कार्य सम्पन्न व्यवसायी कविराम खनालले बताउनुभयो ।
निर्माण कार्य सम्पन्न गर्नको लागि नागरिक उड्यन प्राधिकरणसँग एक बर्षको सम्झौता गरिएको थियो । जिल्लाबासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाई यात्रा गर्दै आएका छन् । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पुरा हुने समय वर्षौ लाग्ने र अनिश्चित छ ।

अन्य समाचारहरु