फुदवाङ बिधुत सबस्टेशनको ऊर्जामन्त्री भुसालद्धारा उद्घाटन | कुलमान घिसिङ्गले भने; दुई वर्षभित्र सबैको घरमा बिधुत (भिडियो, फोटो फिचर)
चैत्र १२ गते, २०७८ मा प्रकाशित
केशबराज ज्ञवाली | बसन्त खड्का
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोटको फुदवाङको बिधुत सबस्टेशनको उद्घाटन भएको छ ।
फुदवाङको बिधुत सबस्टेशनको आज शनिवार उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालबाट उद्घाटन भएको हो ।
समारोहमा बोल्दै मन्त्री भुसालले भान्सामा प्रयोग हुने ग्यास चुल्हो बिस्थापन गर्दै विद्युतिय चुल्हो प्रयोग गर्ने बानी बसाल्न अनुरोध गरिन ।उनने बिधुत बिकासमा म हामिले गर्यौ , यो सरकारले गरेन भन्न मिल्ने अवस्था नहुने यो त बिकासको निरन्तर प्रकृया रहेको स्पस्ट पारिन । मन्त्री भुसालले निजि क्षेत्रलाइ पनि सवारी किन्दा सकभर बिधुतिय सवारी किन्न अनुरोश गरिन यसको लागि आबस्यक चार्जिङ्ग स्टेसन कहाँ कहाँ राख्नुपर्ने हो त्यसको लागि आफू पनि लागिपर्ने बताइन ।
नेपाल जलस्रोतमा सम्पन्न रहेको यहाँ प्रत्येक पानीको थोपा थोपा बाट बिधुत निकालन पनि संभावना रहेकोले बिकास निर्माब र समृद्धि कालागी कसै संग घोचपेच नगरी मिलेर अघाडी बढ्नुपर्ने बताइन ।
उक्त समारोहमा मन्त्री भुसाल सगै बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्ग सहितको टोलिले सबस्टेशनको अवलोकन पनि गरेको थियो ।
सन्धिखर्क -६ फुद्वाङ्गमा रहेको यो सबस्टेशन स्थलमा भएको उक्त कार्यक्रममा बक्ताहरुले यो सबस्टेशनको निरन्तर संचालन पछि अर्घाखाँचीमा बिधुत समस्याको समाधान हुने अपेक्षा गरेका थिए ।
उक्त समारोहमा मन्त्री भुसाल सहित नेपाल बिधुत प्राधिकरण का कार्यकारी निर्देशक कुलमान घिसिङ्ग , प्रदेश सांसद रामजी घिमिरे , अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , प्रहरी अधिकारी , नेपाली सेनाका अधिकारी ,सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर बि क , शितगङ्गा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी , विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु , सन्धिखर्क नगरका वार्ड न ३,६,७,१२ का वार्ड अध्यक्ष हरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको सभापतित्व कुलमान घिसिङ्गले गरेका थिए ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत् पुर्याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रुपमा अगाडि बढाइएको बताए । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसनबाट सुरु भई अर्घाखाँचीको शीतगंगा नगरपालिका हुँदै ३८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेसनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ वटा टावर निर्माण गरिएको छ ।
बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सब स्टेसनको निर्माण गरिएको हो । मोतीपुर सब स्टेसनको गत ३ चैतमा उद्घाटन गरिएको थियो । मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४को चैतमा सिग्मा कोन जेडएस स्टील जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड रुपैयाँ रहेको छ । सन्धिखर्कमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट चार वटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर र ठाडा सबस्टेसन र तीन वटा ११ केभीका फिडरबाट विद्युत् वितरण गरिएको छ ।
विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दुरीको ३३ केभीबाट विद्युत् आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकोमा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रसारण लाइन र सब स्टेसनको निर्माणपछि प्राविधिक चुहावटमा कमी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । सन्धिखर्क सबस्टेसन निर्माणका लागि २०७५को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सब स्टेसनको अनुमानित लागत करिब ३७ करोड रुपैयाँ रहेको छ ।
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बागलुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।