सिद्धार्थ सागर केसी
सन्धिखर्क, अर्घाखाँची । अनेरास्ववियु अर्घाखाँची जिल्ला कमिटीको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ ।
नेकपा(एमाले ) निकटको विद्यार्थी संगठन अनेरास्ववियु अर्घाखाँचीको प्रथम बिस्तारित बैठक सम्पन्न भएको हो ।
बैठकले विभिन्न निर्णय तथा जिम्मेवारी बाडफाड समेत गरेको छ।
बैठक नेकपा(एमाले) जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको प्रमुख आतिथ्यता ,जिल्ला कार्यलय सचीव तथा संगठन बिभाग प्रमुख लिला बरालको बिशिस्ट आतिथ्यता एंव अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज तथा एमाले जिल्ला कमिटी सदस्य एवं बिद्यार्थी फाट इन्चार्ज प्रदिप नेपालीको आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा मन्तब्य राख्दै अध्यक्ष भुसालले बिद्यार्थी पार्टीको खम्बा र सचेत बर्ग भएकोले आगामी चुनावमा हुनसक्ने गलत प्रचारहरु र प्रोपोगन्डालाई चिर्दै परिचालित हुन निर्देशन दिनु भएको थियो। साथै बैठकले सचिवालय गठन लगायत विभिन्न पालिका र बिभाग को इन्चार्ज र सह-इन्चार्ज एवं प्रमुख र उपप्रमुख समेत तोकेको छ।
बैठक अनेरास्ववियु जिल्ला अध्यक्ष नारायण भुसालको अध्यक्षता र सचीव बिष्णु चौहानको सन्चालनमा सम्पन्न भएको हो।