अशोक खनाल
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द) अर्घाखाँची रुपन्देही सम्पर्क समन्वय समितिको भेला बुटवलमा सम्पन्न भएको छ ।
पार्टी स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज चन्द्र प्रकाश खनाल (बलदेव) को प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलामा केन्द्रिय सदस्य अनिल किशोर घिमिरे , प्रदेश समिति सदस्य तथा अर्घाखाँची जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतका नेताहरुको उपस्थित रहेको थियो ।
भेलाले बाबुराम खनाल इन्चार्ज हुने गरि प्रकाश खनालको अध्यक्षतामा ५१ सदस्यीय सम्पर्क समन्वय समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा क्रमश कृष्णा केसी, कमल जिसि तुल्सिराम रास्कोटी, सचिवमा दिपक खनाल, सहसचिवमा शुरेस भट्टराई, कोषाध्यक्षमा बसन्ता खडका तथा सदस्यहरुमा प्रकाश पन्थी, कृष्णा अधिकारी,जितु बिश्वकर्मा, अजय खडका, रमेश खनाल, संगीता घर्ती, हरि पन्त, सृजन नेपाली, तारा बहादुर सेजवाल, सृजन पोख्रेल, माधब खनाल, रण बहादुर बस्नेत, बाबुराम भुसाल, रुपक पान्डे, कृष्ण पान्डे, बसन्ता बस्नेत, गिरिराज बन्जाडे, मदन रेग्मी धनिराम भुसाल लगायत चयन भएका छन् ।
साथै भेलाले प्रा. नारायण बेल्बासेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ । जसको सदस्यहरुमा कृष्ण प्रसाद भुसाल, दिनेश भुसाल, शोभाखर बन्जाडे, मन्जु भुसाल, उदानन्द बन्जाडे तथा योगेन्द्र नाथ भुसाल रहेका छन् ।