अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहहरुमा वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
फाइल तस्बिर
जिल्लाका ६ स्थानिय तहहरुमा जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीलाई आउँदो २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
जिल्लामा मुख्य निर्वाचन अधिकृतका रुपमा तथा सन्धिखर्क नगरपालिकामा जिल्ला अदालत अर्घाखाँचीका जिल्ला न्यायधिस बासुदेव न्यौपाने नियुक्त भएका छन् ।
यस्तै निर्वाचन अधिकृतका रुपमा शितगंगा नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका जिल्ला न्यायधिस श्याम सुन्लर चौधरी, भुमिकास्थान नगरपालिकामा बिशेष सरकारी वकिल कार्यलयका उपन्यायधिबक्ता शान्ति न्यौपाने, छत्रदेव गाउँपालिकामा सर्बोच्च दालतका क्ष्जलास अधिकृत निराजन शर्मा, पाणिनी गाउँपालिकाको लागि अर्घाखाँची अदालतका स्रेस्तेदार महेश खनाल र मालारानी गाउँपालिकामा राजस्व अनुसन्धान बिभागका उपन्यायधिबक्ता अर्जुन प्रसाद कोईराला नियुक्त भएका छन् ।