भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा २ हजार १ सय ३५ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् ।
आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ हजार १ सय ३५ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मार्फत दर्खास्त मागिएका भन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।
अर्घाखाँचीमा ८ सय ४६ म्यादी प्रहरीका लागि चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा २ हजार १ सय ३५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।