भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मतदाताको सङ्ख्या कुल संख्या एक लाख ६३ हजार ८ सय १५ जना रहेका छन् ।
निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाए अनुसार अर्घाखाँचीमा मतदाताको सङ्ख्या कुल संख्या एक लाख ६३ हजार ८ सय १५ जना रहेका हुन् । यसमा ८१ हजार ४ सय ४९ जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८२ हजार ३ सय ६६ जना रहेको छ ।
यस्तै छत्रदेव गाउँपालिकामा १२,०५६ जना पुरुष र १२,२४३ महिला गरी जम्मा २४,२९९ जना, पाणिनी गाउँपालिकामा ११,६३८ पुरुष र ११,५३३ महिला गरी २३,१७१ जना, मालारानी गाउँपालिकामा ११,९९५ पुरुष र ११,९३८ महिला गरी २३,९३३ जना, भुमिकास्थान नगरपालिकामा १३,३५२ पुरुष र १४,०३५ महिला गरी २७,३८७ जना, सन्धिखर्क नगरपालिकामा १५,८२३ जना पुरुष र १६,८१५ महिला गरी ३२,६४१ जना र शितगंगा नगरपालिकामा १६,५८२ पुरुष र १५,८०२ महिला गरी ३२,३८४ जना मतदाता रहेका छन ।