दीपेन्द्र पौडेल
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा स्थानीय तह अन्तर्गत शितगंगा नगरपालिकाले स्थानिय तह संचित कोष प्रणाली( सुत्र ) sub-national treasury regulatory application बाट ईएफटी संचालन तथा डे कोलोज्ड सेवा शुरु गरेको छ ।
फोटो: अराज बेल्बासे
यो नयाँ प्रणाली चेक बिना जुनै पनि बैंकमा भुक्तानी गर्न सकिन्छ यो प्रणाली सुरु भएपछि चेकमा हस्ताक्षर ले भुक्तानी रोकिराख्नु पर्ने अबस्था बाट सेवा ग्राहि मुक्त हुनेछ्न ।
जिल्लाका बाकि ५ स्थानीय तहहरुले यो प्रणालीलाई कार्यनयन गर्न आबस्यक देखिन्छ ।यो प्रणाली संचालन गर्न संबंधित पालिकाले कोष तथा लेखा नियन्त्रक कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।
यो( EFT) electronic fund transfer संचालन गर्ने शितगंगा नगरपालिका अर्घाखाँचीको पहिलो स्थानीय तह बनेको छ । EFT सेवा संचालन बारे शितगंगा राजस्व साखा प्रमुख कमल पन्थीले अर्घाखाँची डट्कमलाई बताए ।