सन्धिखर्कमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति अर्घाखाँचीद्वारा सर्बपक्षिय बैठक सम्पन्न

अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय भूमि आयोग जिल्ला समितिको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
 जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा भुमीआयोगका जिल्ला सदस्य हरु छम कुमारी खनाल ( चिनारी) शकुन्तला राना नेकपा (एमाले ) का जिल्ला अध्यक्ष पिताम्बर भुसाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ , माओबादी केन्दका जिल्ला संयोजक राजेन्द्र भुसाल  नेकपा ( एकीकृत समाजबादी )का जिल्ला सहसचिव नारायण शर्मा रास्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गोबिन्द बिसि,जनता समाजबादीका जिल्ला इन्चार्ज नेत्र थापा राप्रपा प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ , डिभिजन बन कार्यलय अर्घाखाँचीका प्रमुख इस्वरी प्रसाद पौडेल निमित्त समन्वय अधिकारी सृजना भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल मालपोत अधिकृत टिकाराम पौडेल , समन्वय अधिकृत बाबुराम थापा पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको  उपस्थित रहेको थियो।
   आयोगले जिल्लाका ६ वटै स्थानीयतह हरुमा अभिमुखिकरण कार्यक्रम हरु सम्पन्न गर्नुको साथै भुमिहिनहरु ,भुमिहिन दलित तथा अबस्थित रुपमा बसोबास गर्दै आइरहेका भुमिहिन हरुको लागि आयोगले  फाल्गुन  २६ गतेदेखि ३५ दिने सूचना निकाली  स्थानीयतह हरुमा लगत संकलन गर्ने कार्य गरिरहेको बताइएको थियो ।
   आयोगको  जिल्ला संरचनामा आयोगका अध्यक्ष सदस्यहरु जिल्ला प्रशासन कार्यलयको प्रतिनिधि बनकार्यलको प्रतिनिधि , मालपोत कार्यलयको प्रतिनिधि , नापिकार्यलयको प्रतिनिधि रहने ब्याबस्था छ भने स्थानीय तहमा नगरप्रमुख/ उपप्रमुख अध्यक्ष / उपाध्यक्ष क्रियासिल राजनैतिक दलका प्रतिनिधिहरु कार्यपालिका ले तोकेका प्रतिनिधि रहने ब्याबस्था रहेको छ ।त्यस्तै वडा हरुमा वडा अध्यक्ष वडा सदस्यहरु वडा सचीव तथा राजनैतिक दलका प्रतिनिधि रहने उल्लेख गरिएको छ।
     बैठक आयोगका अध्यक्ष यादब प्रसाद घिमिरेको अध्यक्षता सदस्यसचीव तथा नापी कार्यलयका प्रमुख कपिलदेब बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु