अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई सहयोग गर्ने भएको छ ।
जिल्लामा विप्लव नेकपाले आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा एमसिसी विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चालाई सहयोग गर्ने भएको हो ।
बैठक ११ दिनदेखि कपिलवस्तुमा जारी नेकपाको निर्यण तथा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाका अनुसार देभक्त, जनभक्त, राष्ट्रघात विरोधी, एमसिसी विरोधी दल राष्ट्रिय जनमोर्चालाई सहयोग गर्ने भएको छ । तर जिल्ला तहमा भने अहिलेसम्म नेकपाले कुनै निर्यण गरेको छैन् ।
साथै नेकपाले आफ्नो पार्टीबाट कोही चुनावमा गए भने कारबाहीको विषय नबनाउने भएको छ । राष्ट्रिय जनमोर्चा ५ दलिय गठबन्धन गरी चुनावमा जादैछ ।
कपिलवस्तु बैठकमा ६ दलीय मोर्चाबाट उम्मेदवार बनेकाहरूलाई सहयोग र मद्दत गर्ने तर पार्टी दर्ता पनि नगर्ने अनि चुनावमा पनि नजाने भन्ने निर्णय भएको छ। साथै चुनावको भने प्रचार-प्रसार र भण्डाफोर गर्ने नेकपाका नेता बाँस्तोलाले बताए ।
उता अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा र विप्लव नेकपाले एमसिसी विरोध लगायतका कार्यक्रमहरु संयुक्त रुपमा गर्दै आएका छन् ।