ठाडामा शितगंगा नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन

अनिल नेपाली | अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा  नगरपालिकाको नव निर्मित प्रशासनिक भवन एक भब्य समारोहबीच उद्घाटन  गरिएको छ । 
नगर प्रमुख सुर्य प्रसाद अधिकारीले सोमबार शिलालेख वाचन गरेर नगरपालिकाको आफ्नो भवन उद्धघाटन गर्नु भएको हो । नगरपालिकाको आफ्नै भवन नहुँदा नगरपालिका हाल भाडाको घरमा सञ्चालन भइरहेको छ ।
नगरपालिकाका कार्यालयहरु बिभिन्न स्थानमा हुँदा सेवाग्राहीहरु लाई समेत काम गर्न अप्ठेरो हुने गरेकोमा सबै सेवा र शाखाहरु एकै स्थानमा आए पछि सेवाग्राहीहरु मा समेत सहज हुने नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो ।कार्यक्रममा बोल्दै नगरप्रमुख सुर्य प्रसाद अधिकारीले कार्यपालिका बैठकबाट कार्यलयको उद्धघाटन गर्ने निर्णय भए बमोजिम कार्यलय उद्धघाटन गरिए पनि निर्णय गर्ने वडा अध्यक्षहरु नै उपस्थित नभएको प्रति असन्तिुष्टी ब्यत्त गर्नु भयो । नगर प्रमुख अधिकारीले नगरपालिकाको ५ वर्षे कार्यकालमा जनता सामु बोलेका अधिकांस काम सम्पन्न गर्न सफल भएको बताउनु भयो ।नगरपालिकाले ३७ वटा स्वास्थ्य भवन,२४ वटा बिद्यालय,७५० कि.मी नयाँ सडक निमार्ण सम्पन्न गरेको बताउनु भयो ।
यस्तै १२ वटा वडा कार्यालय भवन ,१२ वडामा वडा स्तरिय स्वास्थ्य भवन , बसपार्क, बिभिन्न स्थानमा सामुदायिक भवन निमार्ण जस्ता धेरै उपलब्धी आफ्नो पालोमा भएको बताउनु भयो । देशमै पहिलो पटक उत्पादनमा आधारित अनुदान र एकल पुरुष र एकल महिला “ग” बर्गका अपांगलाइ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यमा समेत सबै जनप्रतिनिधीको साथमा कार्य सञ्चालन गर्न सफल भएको बताउनु भयो ।यस्तै नगर उप प्रमुख टिका रेस्मिले आफ्नो कार्यकालमा नगरको आफ्नै भवन निमाण अन्तिम चरणमा पुराउन सफल भएको र हाम्रो कार्यकालको प्रमुख उपलब्धी रहेकोले पनि निमार्ण बाँकी रहदै उद्धघाटन गरिएको बताउनु भयो । नगरपालिकामा प्रतिनिधीत्व गर्ने सबैदलको साझा कार्यालय भए पनि एमालेका जनप्रतिनिधीले कार्यक्रममा सहभागिता नजनाउदा नगरको कार्यलय बन्दा समेत असन्तुष्टी रहेको जस्तोभान भएको बताउनु भयो ।
५ करोड बजेट मध्ये ठेकदार कम्पनीले करिव २९ प्रतिशत छाडेर ४ करोड १४ लाख ९८ हजारमा निमार्णको जिम्मा लिएकोमा अहिले ८० प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत भबिन्द्र खनालले जानकारी दिनु भयो । २०७७ जेठ २२ मा सम्झौता भइ २०७८ जेठ २३ मा सम्पन्न गर्ने समय रहेकोले पनि ८० प्रतिशत काम सम्पन्न भएको खनालले बताउनु भयो । निर्वाचन आउन लागेको र निवार्चन अधिकृको कार्यलय सञ्चालन गर्नु पर्ने भएकोले पनि छिटो गरि भवन उद्धघाटन गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनुभयो ।कार्यक्रममा नेकपा मालेका जिल्ला सचिव केदार बेल्बासे , नेकपा एकिकृत समाजबादीका जिल्ला सह सचिव नारायण शर्मा, शिक्षा प्रेमी माधव पौडेल, काग्रेशका प्रतिनिधी छबिलाल पौडेल ,नगरपालिकाका प्रवत्ता दामोदर न्यौपाने , वडा अध्यक्ष हेमनाथ भुसाल लगायतले कार्यक्रममा आफ्नो धारण राख्दै नगरपालिकाले प्रमुख उपलब्धीको रुपमा नगरपालिकाको भवन निमार्ण गर्न सफलभएको बताउनु भएको थियो । 
नगरपालिका योजना शाखा प्रमुख नुमलाल खनालको सञ्चालन शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष स्थानिय बासीहरुको उपस्थित रहेको थियो ।

अन्य समाचारहरु