भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले शिक्षकको दरबन्दी मिलान समय मै नगर्दा शिक्षण सिकाईमा असर परेको छ ।
जिल्लाका सबै पालिकामा दरबन्दी मिलान भई कार्यान्वयन प्रकृयामा रहदा सन्धिखर्क नगरपालिकाले भने अझै पनि दरबन्दी मिलान गर्न सकेको छैन । दरबन्दी मिलान नहुँदा शिक्षण सिकाईमा असर पुगेको छ ।
समय मै दरबन्दी मिलान नहुदा बिधार्थि नभएका कुनै बिधालयमा आबश्यकता भन्दा बढि शिक्षक हुने उनिहरुले काम नपाउने र बिधार्थी संख्या बढि भएको कुनै बिधालयमा शिक्षक नहुदा बिधार्थीहरुले पुर्ण रुपमा पढ्न नपाउने समस्या रहेको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख मनिराम पराजुलिले जानकारी दिए ।
स्थानीय सरकारले दरबन्दी मिलान नगर्दा सम्म रिक्त पदमा पदपुर्ति र सरुवा गर्न नपाइने भएको कारण यसले प्रत्यक्ष शिक्षण सिकाइमा असर पार्ने भन्दै उनले सकेसम्म छिटो दरबन्दी मिलान गर्न सन्धिखर्क नगरपालिमा लाई अनुरोध समेत गरे ।
यस्तै सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मन्जु आचार्यले दरबन्दी मिलान गर्ने काम प्रकृया मै भएको जानकारी दिईन ।