सन्धिखर्कको कपास उधोगमा आगलागी, आगो नियन्त्रणमा आयो (भिडिओ, तस्बिरहरु)

केशव राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित बिस्मिल्ला सिरक डसना उधोगमा आगलागी भएको छ ।
सोमबार बिहान करिब ११ बजेतिर उधोग भित्रबाट सल्किएको आगो अहिले नियन्त्रणमा आइसकेको छ । आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।

 
आगलागी सुरु भएपछि सन्धिखर्क नगरपलिकाको दमकल , नेपाली सेना , नेपाल प्रहरी , र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट कुनै मानविय क्षती नभएको जनाइएको छ ।
आगलागीबाट उधोगमा रहेका कपास फिट्ने मेशिनहरु जलेर नस्ट भएका छन ।  आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसना लगायत सामन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा २ घण्टा पछि होस आएपछि अस्पताल बाट डिस्चार्ज भएका छन ।
करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आगलागीको कारण बिधुत सर्किट सर्ट भएको प्ररम्भिक अनुमान गरिएको छ ।

अन्य समाचारहरु