नेकपाले आर्थिक अनियमिताको छानविन शुरु गरेपछि चापागाईद्वारा पार्टी परित्याग

अनिल नेपाली 
अर्घाखाँची १४ चैत ।  नेकपाको केन्द्रीयप्रकाशन रातो खबर प्रकाशन गृहकाप्रबन्धनिर्देशक भीमचापागाईले प्रकाशनविभागमा रहँदाआर्थिक अनियमितता गरेको भन्दै नेकपाको १२ औं केन्द्रीय समितिको पूर्ण बैठकमा छानविन गर्ने निर्णय भएपछि पार्टी परित्याग गरेका छन् । 
पार्टीको केन्द्रीयप्रकाशनको नाममाआर्थिक अराजकता मच्चाएपछि एक बर्ष अगाडी नै पार्टी हेडक्वाटरमाउजुरी परेको थियो ।
 त्यसपछि पार्टीले चापागाईलाई रातो खबर प्रकाशन गृहको प्रबन्धनिर्देशकबाट हटाएर मनाङ कार्यक्षेत्र खटाएर पठाएको थियो । 
चापागाईले पार्टी निर्देशनलाई उलङ्घन गर्दै कार्यक्षेत्रमानगई उपत्यका र पोखरामा बसेर पार्टी नीतिविपरित आर्थिक गतिविधिगर्दै आएको नेकपाका एक केन्द्रीय सदस्यले जनबाटोलाई बताए । उनकाअनुसार चापागाईले प्रकाशनविभागको जिम्मेवारीमा रहँदाआर्थिक अनुशासनउलङ्लन गरेकोले पार्टी केन्द्रीय समितिको आज सम्पन्न १२ औं पूर्ण बैठकले छानविन गर्ने निर्णय गरेको थियो । ‘चापागाईले गरेको आर्थिक अनियमिताबारे पार्टीले छानविन अगाडी बढाएपछिभागेको हुनसक्छ’–एक केन्द्रीय सदस्यले जनबाटोलाई बताए । उनकाअनुसार चापागाईमाथि छानविन सकिएपछि थपकदमचालिने भएको छ । 
यसअघि प्रतिबन्धको समयमा समेत चापागाईलाई यसबारे पार्टीले सचेत बनाएको थियो । नेकपाको केन्द्रीय समितिको १२ औं पूर्ण बैठक सकिएलगत्तैकेन्द्रीय समितिको निर्णय सार्वजनिकनहुँदै चापागाइले सोमबार साँझ प्रेस वक्तव्य जारी गरी पार्टीमा नरहेको बताएका छन् ।