सन्धिखर्कमा ज्योति लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी

बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ज्योति लाइफ इन्स्योरेन्स क. लि. ले बीमितका परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । 
कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले सन्धिखर्क नगरपालिका वडा नं.३ बस्ने बीमित राम बहादुर रानाकि श्रीमति अनिता थापालाई ५ लाख ५२ हजार पाँच सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । बिमित राम बहादुर रानाको कोरोनाको कारण मृत्यु भएको थियो ।
उक्त चेक अर्घाखाँची शाखाका शाखा प्रमुख कृष्ण खनालले हस्तान्तरण गर्नु भएको थियो भने  ३५ घातक रोगको उपचार खर्च दिने नेपालको एक मात्र बिमा कम्पनी ज्योती लाइफ रहेकोले सबैलाइ ज्योतिलाइफ इन्स्योरेन्समा बिमा गर्न गराउनुहुन सबैमा अनुरोध समेत गर्न्नु भयो। 

अन्य समाचारहरु