अर्घाखाँचीमा म्यादी प्रहरीका लागि छनोट प्रक्रिया शुरु

अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा म्यादी प्रहरीका लागि छनोट प्रक्रिया शुरु भएको छ । 
सन्धिखर्कमा आज मंगलवारबाट १८ देखि ५४ बर्षसम्मका म्यादीमा आवेदन दिएकाहरुको छनोट प्रक्रिया शुरु भएको हो । 
वैशाख ३० गतेहुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये जिल्लामा   आवयक ८ सय ८२  जना म्यादी प्रहरीका लागि झण्डै तेब्बरले आवेदन दिएका हुन् ।जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका  प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्रीका अनुसार अनुमानित करिब ४ सय महिला  र सरदर १५÷२० भन्दा बढी पूर्व प्रहरी ,सेना रहेका छन भने पुर्व म्यादी १०० जना रहेका छन् । 
चैत्र ६ देखि ११ गतेसम्म ६ दिन म्यादी प्रहरी हुन चाहनेका लाागि आवेदनका समय दिएको थियो र उक्त आवेदकहरुको परिक्षा चैत्र १५ , १६ , गते हुने जिल्ला प्रहरी कार्यलयले एक सूचनामा जनाएको छ । चैत्र १५ गते १ देखि १२०० सम्म , १६ गते १२०१ देखि २१३५ सम्म दर्ता नम्बर भएकाहरुले टुडिखेलमा शारिरिक परिक्षा दिन गएका थिए । 
शरिरिक परिक्षा दैनिक ५० जना  समूहमा विभाजन गरी चैत्र १८ गते लिखित परिक्षा हुने प्रहरी कार्यलयले जनाएको छ । त्यसैगरि म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ र त्यो भन्दा अगाडि उनीहरुलाई तालिम दिइने छ । म्यादी प्रहरीको मासिक ४४ हजार ४४० रुपैयाँ पारिश्रमिक निर्धारण गरेको प्रहरी निरिक्षक सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभएको छ । 
म्यादी बन्नका लागि १८ बर्ष देखि ५४ बर्षसम्म महिला पुरुषको उल्लेखनीय सहभागिता रहेको छ ।

अन्य समाचारहरु