केशब राज ज्ञवाली | फोटो: बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा क्रियाशिल राजनितिक दलहरुले एमालेलाइ बढार्ने प्रतिबद्धता जनाएका छन । आज सन्धिखर्कमा भएको पाच दलिय मोर्चाको संयुक्त बैठकमा उनिहरुले यस्तो बताएका हुन ।
बि . पि . स्मृति भवनको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली काङ्रेस , माओबादी केन्द्र , राष्ट्रिय जनमोर्चा , नेकपा समाजबादी , जनता समाजबादिका नेताहरु कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रममा गठबन्धनका नेताहरुले प्रतिगमन र तनाशाहका बिरुद्दमा कुनै पुर्वाग्रह नराखी एकजुट हुने प्रतिबद्धता पनि जनाए ।
स्थानिय निर्वाचन नजिकिदै जांदा अर्घाखाँचीका गठबन्धन दलहरु चुनावी दौडाहामा छन । उनिहरुले पालिका स्तरिय कार्यक्रमको क्रममा यश अघि अर्घाखाँचीका अन्य पाच पालिकामा कार्यक्रम गरिसकेका छन ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व जिल्ला सभापती कमल प्रसाद भुसालले एमालेलाइ गाली गर्न आबस्यक नरहेको बताउदै एमाले गाली गर्न पनि लायक नरहेको बताए । उनले पनि एमाले नपुंशक जसतै भएको आरोप लगाए । गठबन्धन भित्र फरक फरक पार्तिहरु अलग अलग हिडेका सिपाहिहरुजस्तै भएकोले एकीकृत रुपमा हिड्न हुने अफ्ठेराहरुलाइ सहज बनाउदै जानुपर्ने बताए ।उनले अब गठबन्धन एमालेलाइ गाली गर्ने तिर नलागेर एमालेलाइ भोट किनको उत्तर खोज्न लागिपर्ने बताए ।
नेकपा माओबादिकी शुशिला श्रीपालिले निर्वाचन प्रक्रिया गलत भएको आफुहरु त पुर्ण समानुपातिक निर्वाचनको पक्षमा रहेको उल्लेख गरिन । तर अहिलेको स्थितिमा एमाले भनिने ओलिको घमन्ड र तानाशाहका बिरुद्द मिलेर लाग्नुपर्ने आफुहरु लागि पर्ने बताइन । ओलि र उनका आसेपासेहरुलेनै तत्कालिन नेकपा पार्टी फुटाएको आरोप लगाइन ।उनले नपताउने खोलाले बगाउछ भन्दै एमालेलाइ पत्तासफ पार्ने घोषणा गरिन ।
यस्तै नेकपा समाजबादिका राम बहादुर चौहानले चुनाव चिन्ह ठूलो कुरा हैन भन्दै सुर्यमा ग्रहण लागेको अब रोगी सुर्य काम नलाग्ने बताए । उनले एमालेका कार्यकर्ताहरु निराश भएर कुनै दिन रुदै गुहार माग्दै समाजबादिमा आफै आउने ठोकुवा गरे ।
बैठक कार्यक्रममा जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के सि ले के पि ओलि लगायत एमाले विधि बिधानको बिरुद्दमा कम्मर कसेर लागेकोले देशलाइ विधि बिधानमा चलाइ राख्न र प्रतिगमनलाई परास्त गर्न गठबन्धन शक्तिको आबस्यकता रहेको र एकजुट भएर लागि पर्नुपर्ने आबस्यकता रहेको उल्लेख गरे ।
धेरै जसो बक्ताहरु एमाले र ओलि बिरुद्द खनिएको नेकपा ( एकीकृत समाजबादी ) का जिल्ला उपाध्यक्ष सिद्वी प्रसाद भुसालको अध्यक्षतमा सम्पन्न बैठकमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ ,पुर्ब सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल , माओबादी केन्द्र कि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली, एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, रास्ट्रिय जनमोर्चाका प्रदेश सल्लाहकार समिति सदस्य शेर बहादुर बिसि, जनता समाजबादी पार्टीका जिल्ला इन्चार्ज नेत्र थापा , नेपाली काङ्ग्रेस प्रदेश समिति सदस्य शान्ता भन्डारी, जिल्ला समितिउपसभापति बिस्नु भुसाल सचीव कृष्ण प्रसाद खनाल कोषाअध्यक्ष बिष्णु क्षेत्री , माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक , जिल्ला संयोजक राजेन्द्र भुसाल प्रदेश कार्यलय सदस्य छमकुमारी खनाल , प्रदेश सदस्य धर्मराज भुसाल, कमला भन्डारी भुसाल , एकीकृत समजबादी कि केन्द्रिय सदस्य यमुना भुसाल ,प्रदेश सदस्य सुनिता बेल्बासे, जिल्ला उपाध्यक्ष सुमित्रा मुखिया जिल्ला सचीव युबराज पौडेल , राजमोका जिल्ला अध्यक्ष थम्मन केसि नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल, जिल्ला सचिवालय सदस्य गोबिन्द बिसि, जसपाका प्रदेश समिति सदस्य मनिष सिंह , जिल्ला सदस्य शारदा आचार्य , काङ्ग्रेस प्रचार बिभाग प्रमुख सुर्य भुसाल जिल्ला सदस्य लिलाराम गौतम , गोपाल प्रसाद भुसाल,भुमिआयोगका जिल्ला अध्यक्ष यादब प्रसाद घिमिरे , महाधिवेशन प्रतिनिधि छमा कार्की , सृजना बिक लगायतको उपस्थित रहेको थियो ।