पालीको साविक – २ मा कांग्रेसको चुनावी भेला तथा टोल कमिटी गठन कार्यक्रम सम्पन्न

राज पाण्डे 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका वडा नं.- ८ साविक वार्ड २ पालीमा नेपाली कांग्रेसको चुनावी भेला तथा  टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ। 
भेलाले  कृष्ण जिसीको नेतृत्वमा  २९ सदस्य समिती गठन गरेको छ ।
त्यसैगरि  प्रधानमन्त्री शेरबहादुर देउवाले हालै पास गरेको दीर्घ बीमारीको लागि  प्रदान गरिने मासिक ५००० हजार प्रदान गर्ने निर्णयको  प्रशंसा पनि गरेको छ । 
सधैं जनताको लागि काम गर्ने र नेपाली  काङ्ग्रेसलाई यसपालीको चुनाबबाट  बिजयी बनाई जनताको सेवा गर्ने मौका दिन समेत कार्यक्रममा बोल्ने बक्ताहरुले  बताएका थिए । 

अन्य समाचारहरु