अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षामा १३२७ जना पास ( सम्पूर्ण उत्तीर्णको नाम विवरण हेर्नुस्)
चैत्र १९ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएकोमा लिखित परीक्षामा १३२७ जना पास भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लामा आवश्यक ८ सय ८२ जना म्यादी प्रहरी हुन् । यस अगाडि शारिरीक परीक्षण स्वास्थ्य परीक्षणमा करिब १७०५ जना पास भएका थिए ।
चैत्र ६ देखि ११ गतेसम्म ६ दिन म्यादी प्रहरी हुन चाहनेका लाागि आवेदनका समय दिएको थियो र उक्त आवेदकहरुको परिक्षा चैत्र १५ , १६ भएको थियो चैत्र १५ गते १ देखि १२०० सम्म , १६ गते १२०१ देखि २१३५ सम्म दर्ता नम्बर भएकाहरुले टुडिखेलमा शारिरिक परिक्षा भएको थियो ।
शरिरिक परिक्षा दैनिक ५० जना समूहमा विभाजन गरी गरिने छ । त्यसैगरि म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ र त्यो भन्दा अगाडि उनीहरुलाई तालिम दिइने छ ।
म्यादी प्रहरीको मासिक ४४ हजार ४४० रुपैयाँ पारिश्रमिक निर्धारण गरेको प्रहरी निरिक्षक सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभएको छ । म्यादी बन्नका लागि १८ बर्ष देखि ५४ बर्षसम्म महिला पुरुषको उल्लेखनीय सहभागिता रहेको छ ।