हंसपुरमा राष्ट्रिय जनमाेर्चाको चुनावी भेला सम्पन्न | १५१ सदस्यीय चुनाव प्रचार प्रसार, ११ जना मोबाईल परिचालन समिति गठन (तस्बिरहरु)

अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची   (अर्घाखाँचीडट्कम) ।  राष्ट्रिय जनमोर्चा मालारानी गाउँपालिका  ९  हंसपुरको रतनमारेमा अगुवा कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ। 
 हंसपुरको रतनमारेमा आज राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला शनिबार सम्पन्न भएको हो । 
राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के सीको प्रमुख आथित्यमा सम्पन्न भयको उक्त कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष नरेन्द्र थापा , अखिल नेपाल किसान महासंघ  का ( अफ्फा) का जिल्ला सचिब हिमलाल आचार्य , अखिल नेपाल शिक्षक संघका मालारानी गाउँ पालिका अध्यक्ष राम कृष्ण घिमिरे , अखिल नेपाल युबक संघका केन्द्रिय बैकल्पिक सदस्य तथा जिल्ला उपाध्यक्ष  कृष्ण प्रसाद खनाल , अखिल नेपाल महिला संघ कि  जिल्ला सदस्य खगी थापा , पालिका प्रतिनिधि सीता पान्डे ले भेलाको सफलताको शुभकामना दिनुभएको थियो । 
 साथै १३ सदस्यीय अखिल नेपाल युवक संघ मालारानी गाउँपालिकाको गठन भएको  छ ।  जसमा अध्यक्ष माधव भुसाल ,उपाध्यक्ष शृजना रेग्मी ,सचिब डिल बहादुर खनाल , सहसचिब तारा प्रसाद पन्थी ,  कोषाध्यक्ष रामु सुनार रहनु भयको छ भने सदस्यहरुमा  तुल बहादुर घम , नेत्र खत्री  , चन्द्र बहादुर भट्टराई ,उमा खनाल, वसन्त कुवर ,यम बहादुर नगरकोटि, बिश्नु बहादुर रेग्मी( क) र वीर बहादुर बि क रहनु भएको छ । ११ जनाको निर्वाचन मोबाईल परिचालन समिति गठन गरिएको छ । 
साथै यहाँ १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिती समेत गठन गरिएको छ। कार्यक्रम  माधब भुसालको संचालन र वीर बहादुर  कुवरको अध्यक्षतामा सम्पन भएको थियो।