अर्घाखाँचीमा हालसम्म ३ हजार ६ सय १८ उद्योग दर्ता

सागर महत 
सन्धिखर्क, अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा हाल सम्म ३ हजार ६ सय १८ उद्योग दर्ता भएका छन।जसमध्ये यो आर्थिक वर्षमा १सय ५९ वटा उद्योग दर्ता भएका छन,भने ८ वटा खारेजी,४ वटा नविकरण भएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले जानकारी दिनुभएको छ ।आज सदरमुकाम सन्धिखर्कमा लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले राखेको उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम कार्यालय कार्यालयको प्रगति विवरण प्रस्तुत गर्दा प्रमुख खनालले जानकारी दिनुभएको हो ।
उद्योगी व्यवसायीहरुले कोरोना पछिको समयमा अधिकामश व्यवसाय धरासयमा परेको त्यसमा पनि सरकारले राजेश्वमा छुट नदिएको,काठ बिक्रीको लागि भ्याट दिदा समेत काठ बिक्री गर्न सहज नभएको र बजार अनुगन गर्नुभन्दा पहिलो सचेतना कार्यक्रम ल्याउनु पर्ने,सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने लगायतका समस्या राखेका थिए।
लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयल महाशाखा प्रमुख गौतम भण्डारीका अनुसार समस्या समधानको लागि मन्त्रालय लागि पर्ने बताउनुभएको थियो ।अहिले लुम्बिनी प्रदेशका अधिकामश जिल्लामा उद्योगी व्यवसायीहरुका समस्या संकलनको काम भईरहेका समेत मन्त्रालयका सचिव हेमराज सुवेदीले बताउनुभयो ।कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,उद्योग वाणिज्य संघ अर्घाखाँचीका बरिष्ठ उपाध्यक्ष नेत्र भुसाल,चेम्बर अफ कर्मशका अध्यक्ष अशोक श्रेष्ठ,होटल व्यवसायीका अध्यक्ष मोहन सिंह ठकुरी लगायतको सहभागीता रहेको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु