अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएकोमा ८ सय ८२ जनाको अन्तिम नाम सार्वजनिक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले म्यादी प्रहरी भर्ना सम्बन्धी मुख्य र वैकल्पिक उम्मेदवारको अन्तिम नतिजा आज सार्वजनिक गरेको हो ।